
१० महिनामा मुलुकमा झन्डै साढे दुुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक परिवेश१२ जेठ, काठमाडौँ । १० महिनामा मुलुकमा झन्डै साढे दुुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म दुुई खर्ब ३५ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ ९डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको आयात भएको हो । गत वर्ष सो अवधिमा दुुई खर्ब ५७ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । बजारमा माग घट्दा इन्धनको आयातमा २२ अर्ब रुपियाँले कमी हो । बजारमा विद्युुतीय गाडीको प्रयोग बढ्दै जाँदा डिजेल र ग्यासको आयातमा कमी भएको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार १० महिनामा सबैभन्दा धेरै एक खर्ब १५…

१० महिनामा वीरगंजबाट २१ अर्ब ५० करोड, १७ लाखकाे निकासी
आर्थिक परिवेश०९जेठ,बीरगंज । बीरगंज भन्सार नाका हुदै आर्थिक बर्ष २०८०/०८१ को १० महिनामा भारत तथा तेश्रो मुलुक तर्फ २१ अर्ब ५० करोड, १६ लाख ७५ हजार मुल्यको नेपाली उत्पादन निकासी भएको छ । वीरगंज नाका हुदै भारत, डेनमार्क,अष्ट्रेलिया,अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकहरुमा तेल, जुस, कपडा लगायतका मुलुकमा नेपाली उत्पादन तथा जडीबुटि निकासी भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आईसिपी भन्सार नाका हुदै १० महिनाको अवधिमा ६ अर्ब ८१ करोड १८ लाख ९२ हजार मुल्य बराबरको फलफुलको जुस भारत निर्यात भएको छ भने ६५ करोड ९१ लाख ७२ हजार मुल्य बराबरको पाम आयल निर्यात…

सुनको मुल्य तोलामा एक हजार छ सयले वृद्धि ताेलाकाे एक लाख ४१ हजार नजिक
आर्थिक परिवेश०६ जेठ काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मुल्य तोलामा एक हजार छ सयले वृद्धि भै नयाँ रेकर्ड निर्माण भएको छ । आइतवार सुन प्रतितिोला एक लाख ४० हजार नौ सय रुपैया निर्धारण भै कारोवार भएको छ । शुक्रबार सुन तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएको थियो । त्स्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकोमा आइतवार भने प्रतितोला एक लाख ४० हजार दुई सय रुपैयामा कारोवार भएको छ । यसु दिन चाँदीको मूल्य पनि आज तोलामा एक सय १० रुपैयाले वृद्धि भै तोलाको एक हजार नौ सय १० रुपैयामा…

सुन र चाँदीकाे मुल्यकाे नयाँ रेकर्ड सुन १ लाख ४० हजार
आर्थिक परिवेश३ जेठ, काठमाडौं । बिहिवार नेपाली बजारमा सुन र चाँदीकाे मुल्यले उच्च रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको र साेही अनुसार काराेवार भएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रूपैयाले बढी हो भने हालसम्मकै उच्च मुल्य हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको नेपाल सुन चाँदी व्यवसायी महासंङले जनाएकाे छ । वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार…

चिनियाँ लगानीकर्ताकाे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसंग भेट
आर्थिक परिवेश३१ बैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसित चिनियाँ लगानीकर्ताले साेमवार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा उहाँले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “तपाईँहरू लगानी गर्नुस्, सरकार लगानीको वातावरण बनाउन तयार छ, केही कानुनी जटिलता हटाएका छौँ, फेरी पनि कुनै समस्या भए सरकारले सहज वातावरण बनाउँछ ।” नेपालमा लगानी गर्ने उत्साहका साथ आएको चिनियाँ उद्योगी तथा व्यवसायीको टोलीसँग उहाँले चिनियाँ पूँजी र प्रविधि भित्र्याउन सरकार आतुर रहेको बताउनुभयो । “लगानी गर्ने मनसायले नेपाल आउनुभएको छ, सरकारका तर्फबाट धन्यवादसहित म हार्दिक स्वागत गर्छु, प्रस्ताव ल्याउनुस् छलफल गर्छौँ,…