८ वटा रुग्ण,बन्द र कार्यसम्पादन कमजोर भएका उद्योग नीजिकरणको प्रकृयामा लाने सरकारकाे तयारी
आर्थिक परिवेश

०५ कार्तिक, काठमाण्डौ‌‍‌ ।  सरकारले विभिन्न ८ वटा बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका उद्योगहरुलाई नीजिकरणको प्रकृया अघि बढाएको छ । नेपाल सरकारको निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा सोमवार बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ ।   मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि…

सिर्सिया सुक्खाबन्दरगाह भन्सारबाट ३ महिनामा १२ अर्ब ७५ करोड ७८ लाख राजस्व असुल
आर्थिक परिवेश

०३ कार्तिक वीरगन्ज ।   आईसिपी भन्सारपछि वीरगन्जको दोस्रो भन्सारको रुपमा स्थापित सिर्सिया सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०८१/०८२ को असोज मसान्त सम्म ३ महिनाको अवधिमा  १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा अर्थमन्त्रालय भन्सार विभागले तोकेको लक्ष्यको ७९ दशमलब ७५ प्रतिशत राजश्व असुली गरेको छ । सुख्खाबन्दरगाह भन्सार कार्यालयबाट बिशेषगरी विदेशी मदिरा, इलेक्ट्रोनिक सवारी साधन आयात हुने गरेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले जानकारी दिनुभयो । सुख्खाबन्दरगाह भन्सार कार्यालय वीरगंजले चालु आर्थिक वर्षको साउनमा ३ अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन …

सुनको मूल्यमा नयाँ कीर्तिमान ताेलामै दुई हजारले वृद्धि
आर्थिक परिवेश

२ कार्तिक काठमाडौँ ।   सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आज शुक्वारकाे  वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । यस दिन छाप भएकाे  सुनको मूल्य आज प्रतितोला  दुई हजार रुपैयाले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक लाख ६२ हजार चार सय रुपैयामा कारोबार भएको छाप भएकाे  सुन आजका लागि भने  एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा  ३० ले बढेको छ । बिहीबार प्रतितोला  एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने  एक हजार नौ सय ८०…

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर
आर्थिक परिवेश

१७ असाेज,  काठमाडौँ । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको नेपाल निगमले जनाएको छ । सम्झौता अनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ । यस्तै, अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किमी…

काठमाडाैमा शुरू भयाे हिमालयन इन्टरनेशनल एक्स्पो
आर्थिक परिवेश

१७ असाेज , काठमाडौँ । चाड पर्वलाइ लक्षित गरेर नेपाली हस्तकलाका सामग्रीको बजार प्रवद्र्धन गर्ने उद्देश्यले  काठमाडाैकाे भृकुटीमण्डपमा आजदेखि  हिमालयन इन्टरनेशनल एक्स्पोको  अायाेजना गरिएकाे छ । ‘ह्याण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने मूल नाराका साथ हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तीन दिने हिमालयन इन्टरनेशनल एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नु भयाे । उद्घाटन समाराेहलार्इ  सम्वाेधन गर्दै उदध्याेग मन्त्री भण्डारीले  कृषकले उत्पादन गरेका वस्तुहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनु भयाे । उद्घाटन समारोहमा  उहाँले नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद…