स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न उद्योगी व्यवसायीलाई राष्ट्रपति पौडेलकाे आग्रह
आर्थिक परिवेश

०७ पुष,विराटनगर ।   राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल उद्योग परिसङ्घ कोसी प्रदेशले विराटनगरमा शनिवार आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न नसकेको  छैन भने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ । उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो…

अर्थतन्त्र प्रगति उन्मुख रहेकाले जनतालाई निरास बनाउने अभिव्यक्ति दिन नहुनेमा प्रमकाे जोड
आर्थिक परिवेश

०६ पुष, विराटनगर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा शुक्रवार देखि शुरु भएको विराट ट्रेड एक्सपोको उद्घाटन गर्नुहुँदै उहाँले गिरिजा प्रसाद कोइरालाको गृह नगर विराटनगरको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । प्रधानमन्त्री दाहालले कार्गो रेल्वे सेवालाई नियमित बनाउन तथा विराटनगरको चक्रपथ निमार्णमा आफूले पहल गर्ने बताउनुभयो । मुलुकको अर्थतन्त्र प्रगति उन्मुख रहेकाले नेपाली जनतालाई निरास बनाउने अभिव्यक्ति कसैले दिन नहुनेमा उहाँले जोड दिनुभयो । मुलुकको समृद्धि, सामाजिक न्यायका निम्ति आफूले उल्लेखनीय रुपमा काम गरेको र सरकार अब नयाँ ढङ्गबाट अघि बढ्न लागेको उहाँको भनाइ थियो…

ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको   
आर्थिक परिवेश

०५ पुष, विराटनगर ।  मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार सङ्घले आयोजना गर्न  लागेको ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ । मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–२ मा भोली (शुक्रवार)देखि सञ्चालन हुने एक्स्पोले मोरङ –सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई थप बढवा दिन  सहयोग पुग्ने जनाइएको छ । यस क्षेत्रको कृषि, पर्यटन, ठुला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने एक्स्पोमा २४० स्टल रहने मोरङ व्यापार सङ्घका अध्यक्ष नविन रिजालले बताउनुभयो । अध्यक्ष रिजालले एक्स्पोमा स्वदेशी ठुला, मझौला साथै  भारत, बङ्गलादेश पाकिस्तानका उत्पादित वस्तुहरू एव उत्पादनकर्ताहरूको सहभागिता रहने बताउनुभयो ।…

पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
आर्थिक परिवेश

२९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा खुद्रा मुल्य…

पोखरामा बिहिवारदेखि  राष्ट्रिय औद्योगिक व्यापार मेला हुने
आर्थिक परिवेश

२० मंसिर, कास्की।  मंसिर २१ देखि गण्डकी प्रदेशकाे राजधानी शहर पाेखरामा  राष्ट्रिय औद्योगिक व्यापार मेला  आयोजना हुने भएकाे छ । देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले पोखरामा बिहिवारदेखि  राष्ट्रिय औद्योगिक व्यापार मेला हुन लागेकाे हाे । स्थानीय उत्पादनको प्रवर्द्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको सबै तयारी पूरा भएको छ । मेला आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ । मेलाबाट पोखरालगायत देशका विभिन्र औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुग्ने सङ्घका…