बजेट सकारात्मक नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास : महासंघ
आर्थिक परिवेश१८ जेठ, काठमाडौ । नेपाल उदयाेग बाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८१।८२ को बजेट मार्फत नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई अाउनु सकारात्मक भएको बताएकाे छ । महासंघले २०८० असोज २५ गते वृहद आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन बिकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागु गर्न आयोग गठन गर्न माग प्रस्तुत गर्दै यसका लागि निरन्तर पैरवी गरिरहेको थियो । उक्त आयोगमा निजी क्षेत्रको समेत सहभागिता भै नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास महासंघले लिएको छ । यसैगरि महासंघको प्रवद्र्धनमा साना व्यवसायी समेतको…
स्वदेशी उद्योगलाई मारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा विद्युत प्राधिकरण : परिसंघ
आर्थिक परिवेश१८ जेठ, काठमान्डौं । नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघको गम्भिर चासाे व्यक्त गरेकाे छ । विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको समाचार संचार माध्यमहरुमा प्रकाशित भएका छन् । सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं । हामीले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएका थियौं । तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै…
१० महिनामा मुलुकमा झन्डै साढे दुुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक परिवेश१२ जेठ, काठमाडौँ । १० महिनामा मुलुकमा झन्डै साढे दुुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म दुुई खर्ब ३५ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ ९डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको आयात भएको हो । गत वर्ष सो अवधिमा दुुई खर्ब ५७ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । बजारमा माग घट्दा इन्धनको आयातमा २२ अर्ब रुपियाँले कमी हो । बजारमा विद्युुतीय गाडीको प्रयोग बढ्दै जाँदा डिजेल र ग्यासको आयातमा कमी भएको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार १० महिनामा सबैभन्दा धेरै एक खर्ब १५…
१० महिनामा वीरगंजबाट २१ अर्ब ५० करोड, १७ लाखकाे निकासी
आर्थिक परिवेश०९जेठ,बीरगंज । बीरगंज भन्सार नाका हुदै आर्थिक बर्ष २०८०/०८१ को १० महिनामा भारत तथा तेश्रो मुलुक तर्फ २१ अर्ब ५० करोड, १६ लाख ७५ हजार मुल्यको नेपाली उत्पादन निकासी भएको छ । वीरगंज नाका हुदै भारत, डेनमार्क,अष्ट्रेलिया,अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकहरुमा तेल, जुस, कपडा लगायतका मुलुकमा नेपाली उत्पादन तथा जडीबुटि निकासी भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आईसिपी भन्सार नाका हुदै १० महिनाको अवधिमा ६ अर्ब ८१ करोड १८ लाख ९२ हजार मुल्य बराबरको फलफुलको जुस भारत निर्यात भएको छ भने ६५ करोड ९१ लाख ७२ हजार मुल्य बराबरको पाम आयल निर्यात…
सुनको मुल्य तोलामा एक हजार छ सयले वृद्धि ताेलाकाे एक लाख ४१ हजार नजिक
आर्थिक परिवेश०६ जेठ काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मुल्य तोलामा एक हजार छ सयले वृद्धि भै नयाँ रेकर्ड निर्माण भएको छ । आइतवार सुन प्रतितिोला एक लाख ४० हजार नौ सय रुपैया निर्धारण भै कारोवार भएको छ । शुक्रबार सुन तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएको थियो । त्स्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकोमा आइतवार भने प्रतितोला एक लाख ४० हजार दुई सय रुपैयामा कारोवार भएको छ । यसु दिन चाँदीको मूल्य पनि आज तोलामा एक सय १० रुपैयाले वृद्धि भै तोलाको एक हजार नौ सय १० रुपैयामा…