वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात र जाँचपास बढ्याे
आर्थिक परिवेश

१७ मंसिर,वीरगञ्ज ।  मुलुकको आर्थिक गतिविधि चलायमान बन्दै गएपछि वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात बढ्नुको साथै सवारी साधनको जाँचपास हुने क्रम समेत बढेर गएको छ । चालु आर्थिक वर्षको ४ महिनामा वीरगञ्ज नाकाबाट १ हजार २७ थान जीप, कार, भ्यान, बस र ट्रकका चेसिस एवं टिपर लगायतका सवारी साधन जाँचपास भएका छन्  । ८ हजार ८ सय ६९ थान मोटर साइकल वीरगञ्ज नाका हुँदै जाँचपास भई मुलुकका विभिन्न स्थानमा गएका छन् । यसबाट ३ अर्ब ६४ करोड ९९ लाख ४१ लाख राजस्व असुली भएको छ । वीरगञ्ज भन्सार कार्यालय आईसिपीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष ४ महिनामा वीरगञ्ज हुँदै…

सडक बत्तीको बक्यौता सम्बन्धित पालिकाबाटै असुल गर्न प्राधिकरणलाई निर्देशन
आर्थिक परिवेश

१७ मंसिर, काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिइएको हो । सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ । कूल तीन सय ३१ पालिकाको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम  छ अर्ब आठ करोड रूपैया बराबर रहेकाे छ । अधिकांश पालिकाको बक्यौता २०७४ साल पछिको हो । प्राधिकरणले आफ्नो तेस्रो वित्तीय पुनः संरचनाको एउटा प्रस्तावमा सडक बत्तीसहित सरकारी कार्यालयको नाममा रहेको…

पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षकाे ३ महिनामा नगदेवाली करिव ४ अर्बकाे निर्यात
आर्थिक परिवेश

१२ मंसिर,झापा  । कोशी प्रदेशको पूर्वी नाका काँकडभिट्टाबाट विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ…

राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्धन महोत्सव पाँच दिन थप
आर्थिक परिवेश

मंसिर ११ ,मणिग्राम  ।  रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्धन महोत्सव पाँच दिन थप गरिएको छ । मेलामा अहिलेसम्म नौ करोड बढीको आर्थिक कारोबार भएको आयोजकको दाबी छ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि जारी महोत्सवमा हालसम्म २ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेको अध्यक्ष गुणनिधि भण्डारीले जानकारी दिनुभयो । ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम् पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५ दिन थप गरिएको आयोजकले जनाएको छ । दीपावलीलगायतका कारणले दर्शक र व्यवसायीको मागअनुसार १७ गते आइतबारसम्म मेला…

चार महिनामा नेपालकाे व्यापार घाटा चार खर्ब ६१ अर्ब ९४ करोड
आर्थिक परिवेश

०८ मंसिर, काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधि सम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा नेपालले कूल  चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रूपैया बराबरको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार रूपैया बराबरको वैदेशिक व्यापार गरेकाे छ । यस अवधीमा नेपालले पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख रूपैया बराबरको आयात गरेको छ भने  ५० अर्ब ५६ करोड ५३…