
चार महिनामा सवा अर्बको सिमेन्ट र क्लिकंर निकासी,नगद अनुदानले बढ्याे सिमेन्टको व्यापार
आर्थिक परिवेश०७ मंसिर,काठमाडौं। चालु आर्थिक वर्षको चार महिनामा नेपालबाट १ अर्ब १३ करोड रूपैया बराबरको ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ। भन्सार विभागले बिहीबार प्रकाशन गरेको तथ्यांक अनुसार नेपालबाट ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएकाे उल्लेख छ । नेपालले २०७९ साउनदेखि सिमेन्ट निर्यात थालेको थियो। गत आर्थिक वर्षमा ७७ करोड ९३ लाखको भारत पठाएकोमा चालु वर्षको चार महिनामै एक अर्ब १३ करोडको निर्यात गरेको छ। केही वर्षअघिसम्म नेपाल सिमेन्ट र क्लिंकरमा परनिर्भरताकाे अवस्थामा थियो। विभागका अनुसार चार महिनामा ५८ करोड ५७ लाख बराबरको १ लाख ७४ हजार टन क्लिंकर र ५४ करोड ४९ लाख…

झापामा केरा खेतीबाट युवाहरूले राम्राे कमाइ गर्दै, एकै फार्मबाट ३ कराेड बढीकाे बिक्री
आर्थिक परिवेश२९ कार्तिक, झापा । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ । भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती गर्नुभएको हो । भद्रपुरको खेतबाट एउटा यामको उत्पादन चाडबाडकै अवसरमा बजारमा पुगिसकेको छ भने गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको कम्पनीका अध्यक्ष वासुदेव उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार भद्रपुरको केराखेतीमा दसैँ र तिहारको समयमा २८ हजार घरी केरा…

भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रियाे
आर्थिक परिवेश२८ कार्तिक , वीरगंज । तिहारलाई लक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आईसिपीबाट सुख्खा फलफूल, ड्राई फ्रुट्स, भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रिएको छ । एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ । यस अवधीमा केरा, स्याउ, अनार लगायतका फलफूलहरू झण्डै ९० करोड भन्दा बढीको भित्रिएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटिकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले…

फूडमान्डुले सेवा विस्तार गर्दै,झण्डै ४० लाख डलरको लगानी थप
आर्थिक परिवेश२७ कार्तिक, काठमाढौं । नेपालको पहिलो खाना घरघरै पुरयाउने कम्पनी फूडमान्डुले हालसम्म ४ लाखभन्दा बढी स्वादका पारखीहरुलाई आफ्नो सेवा प्रदान गरेको जनाएको छ । भर्खरै मिनिमम अमाउन्टको अर्डर गर्नु पर्ने बाध्यता हटेपछि अझै बढी ग्राहकहरुले फूडमान्डु मार्फत अर्डर गर्ने क्रम बढेको जनाएको छ । साथै सुरुवातमा १० वटा रेस्टुरेन्टहरूबाट मात्र आवद्व भएर खाना विभिन्न ठाउमा पुरयाउदै आएको फुडमाण्डुले संचालनको तेह्र बर्यमा हाल १४ सय रेस्टुरेन्टहरूसंग आवद्व भएर २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत खाना पुरयाउने काम गर्दे आएको जनाएको छ । सुरुवाती दिनहरुमा केवल १० जनकोे मात्र अनलाइन अर्डर आउँथ्यो भने अधिकांशले फोन कल मार्फत नै अर्डर दिन्थे । हिजोआज…

नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा
आर्थिक परिवेश२७, कात्तिक, काठमाडौं । मुस्ताङ जिल्लामा रहेको नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । कोभिड महामारी सुरु भएपछि २०७६ चैतमा उक्त नाका बन्द गरिएको थियो । सोमबार नेपाली समय अनुसार बिहान १० बजे र चिनियाँ समयअनुसार दिउँसोको पौने २ बजे नेपाल चीन नाका दुईतर्फी खुल्ला भएको हो । नाका रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई स्वागत गरेर चिनियाँ पक्षले नाका खुलेको औपचारिक घोषणा गरेको थियो । प्रमुख जिल्ला अधिकारीसहित, गाउँपालिका अध्यक्ष र स्थानीय केही व्यक्तीहरू साेमवार तीन वर्ष ७ महिनापछि कोरालानाकाबाट चीनतर्फ प्रवेश गरेर…