सीमानाका सहित रेल सेवा पनि बन्द हुने
आर्थिक परिवेश२१ कार्तिक जनकपुरधाम । भारतको बिहार राज्यमा भइरहेको विधान सभा निर्वाचनको सुरक्षालाई दृष्टिगत गरेर मधेस प्रदेशसँग जोडिएको विभिन्न जिल्लाका सीमानाका भोली देखि बन्द हुने भएको छ । मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही तथा रौतहटका जिल्ला प्रशासन कार्यालयहरूले आज सूचना जारी गर्दै भोलि साँझ ६ बजेदेखि मङ्गलवार साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाएको हो । बिहार राज्यमा विधान सभा निर्वाचन अन्तर्गत मङ्गलवार दोस्रो चरणको मतदान हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमानाका बन्द गर्न लागिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले जारी गर्नु भएको सूचनामा उल्लेख छ । भोलि शनिवार साँझ ६ बजेदेखि मङ्गलवार साँझ ६ बजेसम्म नेपाल–भारत…
वीरगञ्ज नाका हुँदै ६८ करोडका २२९ विद्युतीय जीप,कार र भ्यान आयात
आर्थिक परिवेश२० कार्तिक, वीरगञ्ज (पर्सा)। चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरू आयात भएका छन् । गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै वृद्धि भएको छ । गत आवको तीन महिनामा भने ९७ मात्रै विद्युतीय जीप,कार र भ्यानहरू आयात भएको थियो । सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो । चालु आवको तीन महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन…
तीन महिनामा करिब चार खर्ब बराबरको व्यापार घाटा
आर्थिक परिवेश०९ कार्तिक, काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यस अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख बराबरको निर्यात भएको छ । असोज मसान्तसम्ममा कूल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापार गर्दा नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड घाटा बेहोरेको छ । पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र ५९ अर्ब १२…
बीरगंज नाकाबाट २ अर्ब ४ करोडको ड्राई फ्रुट्स भित्रियो
आर्थिक परिवेश०६ कार्तिक,काठमाण्डौ । यस बर्षको तिहार र छठपर्वलाई लाक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आईसिपीबाट ड्राई फ्रुट्स, भाई मसला चकलेट तथा अन्य फलफुल गरी २ अर्ब ४ करोड बराबरको सुख्खा फलफुल तथा मिठाई नेपाल भित्रिएको छ । एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै १ अर्ब ५९ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ चकलेट आयात भएको छ । इस अवधीमा केरा, स्याउ, अनार लगायतका फलफुलहरु झण्डै ४४ करोड ५० लाख भन्दा बढीको भित्रिएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको…
बीरगंज भन्सारबाट ३ महिनामा ८९ प्रतिशत राजस्व असुली
आर्थिक परिवेश०२ कार्तिक वीरगञ्ज । एकीकृत भन्सार जाँच चौकी आईसिपी) बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को तिन महिनाको अवधिमा ५८ अर्ब २३ करोड ३१ लाख ४३ हजार रुपैयाँ राजस्व असुली गरेको छ । अर्थमन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई तिन महिनाको लागी ६५ अर्ब ६१ करोड २१ लाख राजस्व उठाउने लक्ष्य तोकेको थियाे । सो समयमा भएका विभिन्न आन्दोलन, बर्षायामको कारण भन्सार प्र भावित हुनुको साथै माल सामानको आयात समेत घटेको हुँदा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सार वीरगन्जका प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञवालीले बताउनुभयो । आईसिपी वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै ११ प्रतिशत कम राजस्व…