सरकारले १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता
आर्थिक परिवेश

काठमाडौँ । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रङ्गीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात प्रतिबन्धलाई निरन्तरता दिएकोे हो । यसअघि देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै मन्त्रालयले गत वैशाख १३ गते…

लेखा परीक्षण कार्य अब डिजिटल प्रणालीबाट हुने
आर्थिक परिवेश

काठमाडौँ । नेपालको लेखा परीक्षण कार्य अबको चरणदेखि डिजिटल प्रणालीबाट हुने  भएको छ । नेपालको महालेखा परीक्षकको कार्यालयले देशभरका ६ हजार २ सय ६८ कार्यलयहरुको लेखा परीक्षणको लागि तयार पारेको नेपाल लेखा परीक्षण व्यवस्थापन प्रणाली (नेम्स) सञ्चालनमा ल्याउने तयारी भएको हो । महालेखा परीक्षकको कार्यालयले प्रणालीका सम्बन्धमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरूलाई प्रणाली सञ्चालनका बारेमा जानकारी गराउँदै त्यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नै नवनिर्मित भवनमा आयोजना गरेको छलफल कार्यक्रममा महालेखा परीक्षक टङ्कमणि शर्माले नेपालको लेखा परीक्षण प्रणालीलाई समयानुकूल र आधुनिक प्रविधिमा आधारित बनाउन प्रणाली सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले प्रणालीको विश्वसनीयता र प्रभावकारिता…

नबिल बैङ्कद्वारा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु
आर्थिक परिवेश

काठमाडौँ । नबिल बैङ्कले सामाजिक उद्यमशीलताको विकासका लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैङ्कले शुक्रवार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिविको व्यवस्थापन सङ्काय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सुरुवात गरेको जनाएको छ । बैङ्कले सुरु गरेको सामाजिक उद्यमशीलता कार्यक्रमले समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्य लिएका जनाएको छ । सामाजिक उद्यमशीलता कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैङ्कको सहयोग हुने नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिनुभयो ।

‘एनआरएनलाई डलर खाता खोल्न दिने बारेमा छलफल जारी’
जनार्दन शर्मा

काठमाडौं । गैर आवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारेमा छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्था बारेको समीक्षात्मक कार्यक्रममा अर्थ मन्त्री शर्माले डलरको सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न त्यस सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो । एनआरएनएहरुलाई डलरमा खाता खोल्न दिने र उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे छफफल भइरहेको पनि अर्थ मन्त्रीले बताउनुभयो । अर्थमन्त्री शर्माले पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाएर मात्रै डिजिटल साक्षरता व्यपाक रुपमा विस्तार गरेर मात्र डिजिटल करेन्सीमा जान सकिने उल्लेख गर्नुभयो…

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव
reporter

चितवन ।तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यस वर्षको चितवन महोत्सव पर्यटन क्षेत्र लक्षित गरी आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आज जानकारी दिइएको हो । पर्यटन र पर्यटन व्यवसायीको उत्थानमा महोत्सव केन्द्रित रहने उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा जोड दिने श्रेष्ठको भनाइ छ । महोत्सवमा पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिने र यसका लागि आवश्यक छलफल भइरहेको…