भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म कार्गो रेल सेवा
आर्थिक परिवेश१८ जेठ, विराटनगर । भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म कार्गो रेल सेवा सञ्चालनमा आएको छ । बिहिवार दिउँसो ध्वजा पताकाले सिँगारिएको कार्गो रेल विराटनगर आइपुगेको हो । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गरेसँगै बथनाहाबाट छुटेको रेल विराटनगर आइपुगेको हो । बथानाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीस्थित कष्टम यार्ड सम्मको आठ किलोमिटर रेलमार्गमा कार्गो रेल सेवा सुचारु भएको हो । बथनाहादेखि विराटनगर हुँदै कटहरीको महेसपुरसम्म १८ किलोमिटर लामो रेलमार्ग निमार्ण गर्ने लक्ष्य रहे पनि मुआब्जा विषयमा आएको विवादका कारण अहिले आठ किलोमिटर रेलमार्गमा सेवा सञ्चालन भएको हो । विराटनगर…
नेपाल र भारतबीच दुई महत्वपूर्ण पाइप लाइन सहित ७ बुँदे सहमति
आर्थिक परिवेश१८ जेठ, नयाँदिल्ली,भारत । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई महत्वपूर्ण पाइप लाइन निर्माणमा सहमति भएको छ । त्यसका लागि भारतले झण्डै रु १७ अर्ब बराबरको सहयोग उपलब्ध गराउने भएको छ । त्यसबाट दुई वटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण हुने भएको छ । भण्डारण स्थल भने नेपालले आफ्नै खर्चमा निर्माण गर्नुपर्नेछ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भारतको सिलिगुडीदेखि झापासम्म र बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै झापामा भण्डारण स्थल…
सुनको मूल्यले नयाँ रेकर्ड प्रतिताेला १ हजार ५ सयले बढयाे
आर्थिक परिवेश१७ जेठ,काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौसय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार यस दिन चाँदी २० रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार…
आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर
आर्थिक परिवेश१६ जेठ, काठमाडौं। सरकारले सोमबार सङ्घीय संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो । आर्थिक विधेयकले भ्याट र अन्तःशुल्कमा दिइँदै आएको अधिकांश छुट कटौती गरेको छ । भ्याटका एक सय ७० र अन्तःशुल्कका तीन सय ४० छुटका दरहरू खारेज गरिएका छन् । आयकरतर्फ वार्षिक रु ५० लाखभन्दा बढीको आयमा लाग्ने आयकर बढाइएको छ । पाँचतारे क्षमताभन्दा माथिका होटल, विदेशी मदिरा र १० लाखभन्दा माथिको गरगहनामा विलासिता कर लगाइएको छ । विदेश पढ्न जाने विद्यार्थीले सटही सुविधा लिँदा तीन प्रतिशत…
जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ शुभारम्भ
आर्थिक परिवेश१२ जेठ, काठमाडौ । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । जेठ १० गतेदेखि कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ गरिएको नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले जानकारी दिनु भयो । दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गर्नुभयो । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच…