अघिल्लो बर्षको तुलनामा मुल्यवृद्धि दोब्बरले बढेको छ
आर्थिक परिवेश

काठमाण्डौ । चालु आर्थिक बर्ष २०७९को असार महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मुल्य वृद्धि ) बढेर ८.०८ प्रतिशत पुगेको छ । २०७८असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८÷७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन गएको नेपाल राष्ट्र बैकले मंगलवार जारी गरेको गत आर्थिक बर्षको मुलुकको आर्थिक अवस्थाको विष्लेण सम्बन्धी प्रतिवेदनमा उल्लेख छ । यद्यपि आर्थिक वर्ष २०७८÷७९ को शुरुवाती महिनाहरुमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित रहेकोे थियो । अघिल्लो…

नेपालमा पहिलो पटक नबिल फोन लोन – क्यू आर मर्चेन्ट सुभारम्भ
आर्थिक परिवेश

काठमाण्डौ । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोन लोनको सुविधा सुभारम्भ गरेको छ । नबिल फोन लोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले घरमा बसीबसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् । नबिल बैंकले  साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरि यो सुविधा ल्याएको हो । यस सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यू आर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ । त्यसका साथ साथै अघिल्लो महिनामा पाँचवटा क्यू आर कारोबारबाट  १० हजार बराबरको कारोबार गर्नुपर्नेछ…

घाटा हुने भएकाले मुल्य यथावत,नेपाल आयल निगम
आर्थिक परिवेश

  काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य नघटाउने भएको छ। भारतबाट हरेक १५ दिनमा आउने पेट्रोलियम पदार्थको नयाँ मूल्य तेर्सो पटक घटेर आएपनि निगमलाई आझै मासिक ६२.५८ करोड रुपैयाँ घाटा हुने भएकाले मुल्य यथावत राखिने नेपाल आयाल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताए । भारतीय आयल कर्पोरेसन (आईओसी) ले मंगलबार पठाएको नयाँ मुल्य अनुसार नेपाल आयल निगमले खरिद गर्दा पेट्रोल प्रतिलिटर १ रूपैयाँ ९४ पैसा र डिजल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको थियो। निगमका कार्यकारी निर्देशक थानीका अनुसर सरकारले कर समायोजनको बारेमा केही गरेको छैन। ‘सरकारको निर्देशन मात्र मान्नुपर्ने छ तर सरकारले कर समायोजन गरेको छैन।…

नेपाल पूर्वाधार सम्मेलन २५ देशबाट ६ सय सहभागि हुने
आर्थिक परिवेश

  काठमाण्डौ । दीगो पूर्वाधारमार्फत देशको समग्र विकास उद्देश्यले आगामी भदौं २३ र २४ गते चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदायको सह आयोजकत्वमा सम्मेलन आयोजना हुने भएको हो । विश्वव्यापी रुपमा भईरहेको पूँजी अभाव र बढ्दो ब्याजदरले पूर्वाधार क्षेत्रमा लगानीका लागि स्रोत परिचालनमा थप चुनौती बनेको बेलामा स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई विश्वासमा लिएर नवप्रवर्तनकारी वित्तीय उपकरण र ढाँचामा केन्द्रिकृत गरेर संवादको माध्यमबाट कमीलाई सम्मेलन केन्द्रीत हुने नेपाल उद्योग परिसंघले जनाएको छ । सम्मेलनको क्रममा…

सुनको मुल्यमा उतार चढाव जारी बढेर ९७ हजार
आर्थिक परिवेश

काठमाण्डौ । नेपाली सुनचाँदी बजारमा शुक्रवार छाप भएको सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला ९६ हजार छ सयमा कारोबार भएका थियो । यस दिन तेजाबी सुन प्रतितोला ९६ हजार आठ सयमा कारोवार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार एक सयमा कारेवार भएको थियो । त्यस्तै शुक्रवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २५ कायम रहेको छ ।