सार्वजनिक बिदाका दिनमा पनि इन्धन डिपाे खुला रहने
आर्थिक परिवेश१७ फागुन, काठमाण्डौ । नेपाल आयल निगमले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका क्रममा पेट्रोलियम पदार्थ आपूर्ति र वितरण प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने भएको छ । सरकारले निर्वाचनका लागि २० देखि २२ फागुनसम्म देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेका सन्दर्भमा इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न विशेष व्यवस्था गरेको निगमले जनाएको छ । विशेष व्यवस्था अन्र्तगत निगमले फागुनको १८,,२० ,२२ २३ र २४ गते सार्वजनिक विदाको दिन प्रादेशिक कार्यालयहरु खुल्ला राखेर इन्धन भर्ने व्यव्स्था गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनु भयो । निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर फागुन २२…
७ महिनामा करिव १२ खर्ब ९२ अर्ब वैदेशिक व्यापार
आर्थिक परिवेश०९ फागुन काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ । यो अवधिमा मुलुकले नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख घाटा बेहोरेको छ । भारतसँग बितेका सात महिनामा छ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात हुँदा मुलुकले चार खर्ब ९१ अर्ब ७७ करोड…
टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक
आर्थिक परिवेश२५ माघ, काठमाडौं । माईपे वालेटले सुबिसु इन्टरनेटको २५औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । माईपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टिभिएसको एनटर्क स्कुटर जित्ने योजना सार्वजनिक गरेको छ । साथै साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिने छ । यसका साथै सुबिसु प्रयोगकर्ताले माईपे बाट कुनै सुबिसुको पनि बिल तिर्दा सुबिसु २५ प्रोमो कोड प्रयोग गरी ३ प्रतिशत अधिकतम ३०० सम्मको क्यासब्याक समेत प्राप्त गर्न सकिने माईपेले जनाएको छ । यो अफर चैत्र १७, २०८२ सम्म लागु हुने माईपेले जनाएको छ । यसअघि पनि माईपेले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरु प्रस्तुत गर्दै आएको…
बजारमा ग्यासको अभाव छैन नेपाल आयल निगम
आर्थिक परिवेश१९ माघ, काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको छ। इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ लाख ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरूले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो । सो परिणाम जाडोयामको माग धान्न पुग्ने ग्यास भएको निगमले जनाएको छ । हाल केही एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकाले ती उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज…
रसुवागढीस्थित मितेरी पुलबाट मालबाहक ट्रक तथा कन्टेनर आवतजावत सुरु
आर्थिक परिवेश१८ पुष, रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको छ । ल्हेन्दे खोलामाथि बनेको बेलीब्रिज सञ्चालनमा आएको आज दोस्रो दिन २० वटा मालवाहक डिब्बा तथा ट्रक नेपाल भित्रिएको रसुवागढीस्थित सशस्त्र प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो करिब १२ बजे लत्ताकपडा बोकेको पहिलो मालवाहक डिब्बा नेपाल भित्रिएको जानकारी दिँदै स्थानीय टिमुरे भन्सार कार्यालयले दिनभरीमा ३७ वटा ट्रक तथा डिब्बा नवनिर्मित पुल हुँदै नेपाल भित्रिएको जनाएको छ । टमुरेस्थित भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार स्याउ बोकेका आठ, ओखर बोकेका १०, जलविद्युत्का समान बोकेका…