सुनको मूल्यमा वृद्धि नयाँ रेकर्ड निर्माण
आर्थिक परिवेशकाठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा नयाँ रेकर्ड निर्माण
आर्थिक परिवेश१५ भदाै काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाले बढेको हो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४२५ रुपैया कायम भएको छ ।
सुनकाे मुल्यले नयाँ रेकर्ड बनायाे
आर्थिक परिवेश१३ भदौ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै भत्कीएकाे छ । शुकंवार बजारमा सुनको भाउ प्रति तोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो । त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज २३६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको यो मूल्य…
सुनकाे मुल्य उच्च रकमले बढ्याे
आर्थिक परिवेश०८ भदौ, काठमाण्डौ । आइतवार नेपाली बजारमा सुनको मुल्य उच्च रकमले बढेको छ । आइतवार नेपाली बजारमा सुनको मुल्य तोलमा दुई हजार ३०० र चाँदीमा ४० रुपैयाले बढेको छ । यस दिन सुन तोलाको एक लाख ९७ हजार ५०० रुपैयामा निर्धारण भइ कारोवार भएको छ । यस दिन चाँदी दुई हजार ३५० मा किनबेच भयो । शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २०० रुपैयामा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३१० मा किनबेच भएको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको चालु खाता चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको देखिएको छ…
युराेमनी पुरस्कारबाट नबिल बैक पुरस्कृत
आर्थिक परिवेश०५ भदाै, काठमाडौं । नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ पुरस्कारबाट पुरस्कृत भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हाे । नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको बैंकिङ सेवा, प्रविधिको प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहल लगायतका आधारमा उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । यो अवार्डलाई बैंकिङ क्षेत्रको मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताको आधारका रुपमा पनि लिइन्छ । नबिल बैंकले विगत पाँच वर्षदेखि…