सरकारले शुरू गरयाे वैकल्पिक विकास वित्त कानून तर्जुमाको तयारी
आर्थिक परिवेश

१४ पुष, काठमाडौँ ।   नेपाल सरकारले वैकल्पिक विकास वित्त सम्बन्धी  कानूनकाे तयारी शुरू गरेको  छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त सम्बन्धी  कानूनकाे तर्जुमा शुरू गरिएकाे  बताउनु भएकाे हाे । “राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकाङ्क्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण रहेकाेले बैकल्पीक लगानीकाे श्राेतकाे रूपमा  वैकल्पिक विकास वित्त सम्बन्धी  कानून बनाउने प्रकृया शुरू भएकाे छ,अर्थ मन्त्रालयमा आयाेजित आन्तरिक छलफलमा अर्थमन्त्री पौडेलले भन्नुभयो ,। “त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई समेत सम्बोधन गर्ने गरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास…

लक्ष्मी सनराइज बैंक र आइएफसि बीच नेपालमा वित्तीय दुरुपयोग समाधानमा साझेदारी हुने
आर्थिक परिवेश

०८ पुष, काठमाडाैं ।   लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम  (आइएफसि)) सँगको  साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ। नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरु चाल्नेछ । अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्‍याउनेछ। पति-पत्नि, वृद्व आफन्त वा घरपरिवारका अन्य सदस्यहरुमाथि नियन्त्रण जमाउदैँ हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो । यसमा परिवारका सदस्यहरुको बैंक खाता र कर्जा जस्ता वित्तीय साधनहरुको दुरूपयोग जस्तै, आफ्नो बैंक खाता आफ्नो नभई अरुको नियन्त्रणमा…

राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण
आर्थिक परिवेश

०७ पुष, काठमाडौं ।    नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको भनाई छ । निर्जीवन बीमा व्यवसायीसंघद्धरा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेयर विक्रीसम्वन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सवै सेयरधनी जस्तै संचालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको…

सुनको मूल्य घटेर ताेलाकाे एक लाख ४८ हजार पाँचसय रुपैयाँमा झरयो
आर्थिक परिवेश

०५ पुष काठमाडाै ।   साताकाे शुक्रवार पनि नेपाली बजारमा सुनचाँदीकाे  मूल्य घटेको छ। विगत केही दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ। विगत डेढ महिनामा सुनको मूल्य तोलामै साढे २२ हजार घटिसकेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ४८ हजार पाँचसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एकलाख ४९ हजार रुपैयाँ थियो। आज सुन ताेलामा पाँचसय रुपैयाँ घटेकाे छ। शुक्रवार  चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज तोलाको एक हजार सातसय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार सातसय ८० रुपैयाँ थियो। सोमबार र मंगलबार दुई दिनमा…

नेपाल बैंकर्स संघको अध्यक्षमा एकल  उम्मेदवारी सन्तोष कोइराला बन्ने पक्का
आर्थिक परिवेश

१ पुस, काठमाडौं ।   वाणिज्य बैंकका सीईओहरूको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइरालाकाे एकल  उम्मेदवारी परेकाे छ । कोइरालाकाे एकल  उम्मेदवारी परेकाेले नेपाल बैंकर्स संघको अध्यक्षमा उहाँ  निर्विरोध चयन हुनुहुने भएकाे हाे । अध्यक्षमा निर्वाचित कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । संघको नयाँ कार्यसमितिका लागि उम्मेदवार दिने म्याद सोमबारसम्म रहेकोमा अध्यक्षमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध अध्यक्ष चयन हुनु हुने भएकाे हाे । प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उहाँले आफ्नो उम्मेदवारी  फिर्ता लिएसँगै कोइराला संघको अध्यक्षमा सर्वसम्मत चयन हुने अवस्था बनेकाे संघका सीईओ अनिल शर्माले जानकारी दिनु भयाे । संघको उपाध्यक्षमा…