एकै बर्ष एक करोड ३० लाखले बिमा गरे  ४१.२० प्रतिशत जनसंख्यामा बीमा
आर्थिक परिवेश

  काठमाण्डौ । नेपालमा ४१.२० प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको बीमा समितिले जनाएको छ । समितिले आर्थिक वर्ष २०७८/७९ सम्मको बीमा व्यवसायको प्रारम्भिक विवरण सार्वजनिक गर्दै म्यादी, लघु म्यादी र वैदेशिक रोजगारी जीवन बीमा लेखसहित कुल जनसंख्या मध्ये बीमाको दायरामा आएको जनसंख्या ४१.२० प्रतिशत पुगेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा २७.५३ प्रतिशत रहेको बीमाको दायरामा आएको जनसंख्या एक वर्षमा नै १३.६७ प्रतिशतले बढेको बीमा समितिको दाबी छ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा एक खर्ब ३८ अर्ब भन्दा बढी रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार १९ बीमा कम्पनीले आर्थिक बर्ष २०७८÷…

बीमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाको सुझाव
आर्थिक परिवेश

काठमाडौँ । समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासगरी बीमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाहरुले राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई सुझाव दिएका छन् । कम्पनीको नवौं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित समारोहमा बोल्दै विभिन्न सरोकारवालाहरुले समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासका लागि आवश्यक लगानी र चुस्त व्यवस्थापनबाट थप कुशल र प्रतिष्पर्धी तथा बजारको नेतृत्वदायी भूमिका खेल्न सुझाव दिएका हुन् । अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरी पुष्करले कम्पनीले पूर्ण प्रतिवद्घताका साथ प्रभावकारी सुशासन एवं चुस्त सेवामार्फत आफना ग्राहक तथा सरोकारवालाहरुको अपेक्षा पुरा गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो । सरकारी स्वामित्वको एकमात्र निर्जीवन बीमा कम्पनीका रुपमा कम्पनीले आफनो विगतको कार्य प्रगतिको समिक्षा गर्दै थाती…

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन वित्तीय सहुलियतहरु बुधवारबाट हटे
आर्थिक परिवेश

  काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कोरोनाकालमा दिएका विभिन्न प्रकारका वित्तीय सहुलियतहरु हटाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै नेपाल राष्ट्र बैंकले त्यसता सहुलियतहरु बुधवारबाट हटाएको हो । संशोधन अनुसार कोभिड–१९ का कारणले विगतमा कायम गरिएको ग्रेस अवधि भित्र उद्योग वा परियोजना निर्माण सम्पन्न÷सञ्चालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन÷सञ्चालनमा आउन लाग्ने थप समय यकिन गरी ग्राहकको अनुरोधमा ग्रेस अवधि थप गर्न सकिने प्रावधान हटेको हो । यसअघि कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९…

मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने
आर्थिक परिवेश

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मुलुकमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यलाई टेवा दिने गरी मौद्रिक नीति शुक्रवार सार्वजनिक गरेको छ । मौद्रिक नीतिले मुद्रास्फीतिलाई बढन नदिई ७ प्रतिशतमा कायम राख्ने प्रतिवद्धता पनि जनाएको छ । मौद्रिक नीतिले नेपाल सरकारको बजेट वक्तव्य २०७९÷८० ले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्यलाई लिएको हो । मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व अभिवृद्धिमार्फत आर्थिक वृद्धिलाई सहयोग पु¥याउने गरी मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक कसिलो बनाइएको छ । नेपाल जस्तो सानो र…

वीमा क्षेत्रको पहिलो विग मर्जर
आर्थिक परिवेश

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर आजदेखि एकीकृत कारोवार शुरु गरेका छन् । गाभिए पछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट साउन १ गतेदेखि एकीकृत कारोबार सुरु भएको हो । बीमा क्षेत्रको नियामक बीमा समितिले चुक्ता पुँजी वृद्धि अनिवार्य गरेपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने निर्णयमा पुगेका थिए । यो मर्जरलाई बीमा क्षेत्रको पहिलो र ठूलो मर्जरको रुपमा लिइएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक गर्दै एकीकृत कारोबारको आइतवार काठमाण्डौमा शुभारम्भ गर्नु भयो । मर्जरपछि कम्पनीको अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ चयन हुनुभएको छ भने प्रमुख कार्यकारी…