असारका लागि बैंकको ब्याजदर स्थिर रहने
आर्थिक परिवेश३० जेठ,काठमाडौँ । आगामी असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर रहने भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघ (एनबीए) को मंगलबार बसेको बैठकले असारका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय गरेकाे हो । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् भने मुद्दती निक्षेपमा ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । सोही ब्याजदरलाई निरन्तरता दिने निर्णय भएको बैंकर्स संघका अध्यक्ष समेत रहेका एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनु भयाे । तथापि, यता कर्जाको ब्याजदर भने घट्ने भएको छ । पछिल्लो समय बैंकमा निक्षेप बढ्दै गएका कारण घट्दो…
एसियाली बीमा सम्मेलन काठमाडौंमा सम्पन्न
आर्थिक परिवेश२७ जेठ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेकाे एसियाली बीमा सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलन समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्मेलनबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक, बीमा मध्यस्थकर्ता र बीमा क्षेत्रका विज्ञहरू एउटै छातामुनी रहेर बीमा क्षेत्रका नयाँ नयाँ जोखिम र जोखिम न्यूनीकरणका विषयमा छलफल एवम् अन्तरक्रिया तथा आपसी अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको बताउनुभयो । अध्यक्ष सिलवालले जलवायु परिवर्तनका कारण चुनौतीहरू मात्र आउने नभई यसबाट बीमा क्षेत्रमा अवसरहरू समेत सिर्जना हुने भएकाले अवसरबाट लाभ लिनका लागि सम्वद्ध सबैले सामूहिकरूपमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अध्यक्ष सिलवालले जोखिम…
सुनकाे मूल्य तोलामा एक हजार रुपैयाँले घट्याे
आर्थिक परिवेश२५ जेठ,काठमाडौं। नेपाली बजारमा बिहिवार सुनको मूल्य फेरि घटेको छ। अघिल्लो दिन बुधबारको भन्दा बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको हो। बिहीबार सुनको बजार मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ छ। बुधबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा पनि बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार प्रतिऔंस १९५८.५२ अमेरिकी डलर रहेको सुन…
नबिल बैंक लिमिटेडकाे दिगो घर कर्जा योजना सार्वजनिक
आर्थिक परिवेश२१ जेठ काठमाडौं। नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्ववातावरण दिवस जुन ५ तारिखको पूर्वसन्ध्यामा दिगो घरकर्जा योजनाको स्किमअघि सारेकाे बैकले जनाएकाे छ । आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नबिल बैककाे सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरेर अघि बढाइएको हो। उहाँले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दैआएकोर यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने बताउनुभयो। उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रकाश पार्नु भयो। साथै बैकका वरिष्ठ नायबकार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल दिगो घरकर्जा एउटा शुरुवाती प्रयास…
नबिल बैंक लिमिटेडका ३८ नयाँ शाखा एक साथ सञ्चालनमा
आर्थिक परिवेश१८ जेठ, काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो। ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ। ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा…