जाजरकोट र रुकुमका भूकम्प प्रभावितलाई कम्बल वितरण
आर्थिक परिवेश

०८ माघ  काठमाडौँ ।    नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो । बैंकले एक कार्यक्रम आयोजना गरी यही माघ १ गते नलगाड–१ का वडा अध्यक्ष धनबहादुर महर र माघ २ गते चौरजहारी–१ का वडा अध्यक्ष ईन्द्रे गिरीको उपस्थितिमा कम्बल वितरण गरेको थियो । यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खासगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरुको स्वास्थ्यमा पर्नसक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताउनुभयाे …

सुनकाे मुल्य ताेलामा ११ सयले बढ्याे
आर्थिक परिवेश

०८ माघ, काठमाण्डौ ।    मंगलवार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रुपैयाले बढेको छ । सोमबार प्रतितोला एक लाख ५७ हजारमा किने भएको सुन मंगलवार एक लाख ५८ हजार एक सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस दिन चाँदी प्रतितोला १५ रुपैयाले बढेर प्रतितोला एक हजार आठ सय ७५ रुपैयामा किनबेच भएको छ ।  

कृषि विकास बैंकले उद्देश्य पुरा गर्न सर्वोच्च प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री
आर्थिक परिवेश

०७ माघ,काठमाण्डौ ।    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यस काममा बैकले सर्वोच्च प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । कृषि विकास बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सवका अवसरमा सोमवार बैक प्राड.गणमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्न निर्देशन दिनुभयो । त्यस अवसरमा अर्थमन्त्री पोडेलले बैंकहरुबाट कर्जा लगानी अपेक्षितरूपमा बढ्न नसक्नु चिन्ताको विषय भएको बताउनु भयो । बैंकहरूमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय भएको अर्थ मनत्री पौडेलको भनाइ थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय…

नबिल बैंकले नोक्स प्रविधिमा आधारित २० थान मोबाइल उपलब्ध गरायाे
आर्थिक परिवेश

 ०४ माघ,  काठमाडौँ । नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई मोबाइल हस्तान्तरण गर्नु भएकाे हाे । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नक्स प्रविधि प्रयोग भएका मोबाइल अरु मोबाइल भन्दा डाटा सुरक्षामा सुरक्षित र सुदृढ रहने हुँदा सार्वजनिक सुरक्षा, कानुनी कार्यसम्पादन गर्न तथा अरु ट्राफिकका दैनिक कामकाज डिजिटल रुपमा सञ्चालन गर्न प्रयोग गरिने जानकारी दिनु भयाे  । बैंकका वरिष्ठ नायव…

नागरिक लगानी कोषले नाफाबाट १३ प्रतिशत लाभांश दिने
आर्थिक परिवेश

 ०१ माघ,  काठमाडौँ । नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । साधारण सभाले कोषका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले पेस गर्नुभएको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा  दुई खर्ब दुई अर्ब सात करोड सङ्कलन भएकामा गत…