याे साता शेयर बजार उच्च अंकले वढ्याे नेेप्से २०३० मा
आर्थिक परिवेश

२५ फागुन,काठमाडौं। सत्ता गठबन्धन परिवर्तनको प्रभाव यो साताको नेपाली शेयर बजारमा  देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ । सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक ७० दशमलव ३१ अङ्कले…

शेयर बजारकाे  कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढयाे
आर्थिक परिवेश

२४ फागुन, काठमाडौं ।  बिहिवार नेपाली शेयर बजारकाे   कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अंकले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कूल ८९ लाख २९ हजार एक सय ५२ कित्ता शेयर रु तीन अर्ब १९ करोड ९२ लाख…

शेयर बजारमा तिब्र वृद्धि ३ पटककाे सकारात्मक सर्किट पछि काराेवार स्थगित
आर्थिक परिवेश

२१ फागुन, काठमाडौं ।  सत्ता गठबन्धन फेरिएपछि शेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको छ । बजारमा ३ पटक सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको छ । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलाे पटक  स्थगित भएकाे २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ : ०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका…

नयाँ सत्ता गठबन्धनकाे प्रभाव बजार खुल्ना साथ नेप्से परिसूचक ७९ दशमलव २९ अङ्कले बढयाे
आर्थिक परिवेश

२१ फागुन, काठमाडौं ।  राजनीतिक उतारचढावका बीच धितोपत्र बजारकाे शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च् अंककाे  वृद्धिपछि कारोबार नै रोकिएको छ । आज बजार खुलेको केही समयमै  नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ । कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार सुरु हुने बित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतवार नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर काराेवार
आर्थिक परिवेश

२० फागुन, काठमाडौ ।   साता  पहिलो  कारोबारदिन आइतवार  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतवार नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० को बिन्दुमा कायम भएको छ । यस दिन तीन सय नौ कम्पनीहरूका ५५ लाख ७४ हजार दुई सय सात कित्ता शेयरहरू  दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ रूपैयामा किनबेच भएका छन् । होटल तथा पर्यटन समूह शून्य दशमलव ५४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६६ प्रतिशतले बढेका छन् भने अरू सबै समूहको उपसूचक घटेको छ । यस दिन सबैभन्दा धेरै व्यापार…