
शेयर बजारको कारोवार तथा परिसूचकमा उच्च अंकको कमी
आर्थिक परिवेश२५ फागुन, काठमाडौ । साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कले घटेको छ । यस दिन बजारको कारोवार रकम घटेको छ । आइतवार नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार सात सय ७२ दशमलव १० को विन्दुमा झरेको छ । आइतवार बजारमा तीन सय १५ कम्पनीहरुका दुई करोड २७ लाख २६ हजार दुई सय ८३ कित्ता शेयरहरु १० अर्ब नौ करोड ३६ लाख ५४ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतवारको कारोबारमा सबै समूहको उपसूचकहरु रातै भएका छन् । यस दिन दुई कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २…

नेप्सेको प्रमुखका लागि १० जनाले दिए आवेदन
आर्थिक परिवेश२५ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाले आवेदन दिएका छन् । आइतबार साँझसम्म आवेदन दिने म्याद तोकिएको थियो । सीईओ सिफारिस समितिले तोकेको म्यादभित्र आवेदन दिनेमा यसअघि नै सीईओ सम्हालिसकेका कृष्णबहादुर कार्की समेत छन् । त्यस्तै सीडीएस एण्ड क्लियरिङका पूर्व सीईओ पूर्णप्रसाद आचार्यको पनि आवेदन परेको छ । नेप्से सचिवालयका अनुसार अन्य आवेदकमा बद्रिप्रसाद प्याकुरेल (नुवाकोट), नारदकुमार लुइँटेल (सर्लाही), युवराज दाहाल (झापा), प्रविण अधिकारी (काभ्रेपलान्चोक), चुडामणि चापागाईं (झापा), बिमलकुमार तिवारी (सिराहा), हेमन्त बस्याल (पाल्पा) र मुकुन्दराज जोशी (डढेलधुरा) छन् । अब सिफारिस समितिले यी नामबाट ५ जनाको सर्टलिस्ट तयार गर्नेछ ।…

नेप्सेमा उच्च अङ्कको वृद्धि परिसूचक २९ सय अंक नजिक
आर्थिक परिवेश१९ फागुन ,काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको छ । जुन दुई दशमलव ६७ प्रतिशतको वृद्धि हो । आज विभिन्न तीन सय दुई कम्पनीका दुई करोड ९१ लाख ६६ हजार छ सय ५६ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ९६ पटक खरिदबिक्री हुँदा १४ अर्ब २५ करोड चार लाख ७५ हजार सात सय ३६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक एक दशमलव २७ प्रतिशतले घटेको…

परिसूचक बढेर २८ सय माथि काराेवार रकम पनि बढ्याे
आर्थिक परिवेश१५ फागुन, काठमाडाै । साताको अन्तिम कारोबार दिन बिहिवार नेपाली शेयर बजारकाे नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ७ कारोबार दिनदेखि बढीरहको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । यस दिन शेयर बजारमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको सकारात्मक प्रभाव परेको हो । केन्द्रिय बैंकले बैंकहरुले भविष्यमा गर्नुपर्ने कर्जा नोक्सानी बापत छुट्याउनु पर्ने रकम घटाउनुका साथै लघुवित्तको आधार दर अनुसार कर्जा दर तय गर्न पाउने व्यवस्था गरेको थियो। जसको सकारात्मक प्रभावले यस दिन नेप्से र कारोबार रकम दुबै बढ्न पुगेको हो। बिहीबार नेप्से परिसूचक ४९.१५ अंक बढेर २८१५.०४ विन्दुमा पुगेको छ। नेप्सेसँगै…

नेपाल स्टकमा प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति प्रकृया शुरू
आर्थिक परिवेश११ फाल्गुन,काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहनुभएको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल हुनुहुन्छ । नेपाल स्टक एक्सच्यानजका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीकाे पदावधी