२ महिनापछि २ हजार अंकको बिन्दुबाट तल झर्याे नेप्से परिसूचक
आर्थिक परिवेश

१७ फागुन, काठमाडौं । नेपाली शेयर बजारकाे परिसूचक नेप्सेमा १.२१ प्रतिशतले गिरावट हुँदा २ महिनापछि २ हजार अंकको बिन्दुबाट तल झरेकाे छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २१.४४ अंकले घटेर  १९९५.४९ अंकमा बन्द भएको छ । नयाँ सरकार गठन भएर अर्थतन्त्रीमा विष्णु पौडेन नियुक्त भएसँगै बजार बढेर १४ पुसमा २ हजार अंकको बिन्दुबाट माथि लागेको थियो । नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकममा पनि संकुचन भएको छ । बुधबार सबै उपसूचकमा गिरावट हुँदा उत्पादनमुलक उपसूचक २.६५ प्रतिशतले गिरावट भएको छ । बुधबार नेप्सेमा २६ हजार ४५४ वटा कारोबारमा ३७ लाख २९ हजार ९७६ कित्ता सेयर…

नेप्सेमा ३३.५७ अंकको वृद्धि, सबै उपसूचक बढ्दा काराेवार रकम भने बढेन
आर्थिक परिवेश

१० फागुन, काठमाडौं ।  पछिल्ला केही दिन यता लगातार घट्दो क्रममा रहेको सेयर बजार बुधबार भने १.६४ प्रतिशतले बढेको छ । फागुन सुरु भएयता बुधबारबाहेक बजार खुलेको अन्य ५ दिन नै सेयर बजारमा गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ३३.५७ अंकले वृद्धि हुँदा २०८०.३८ अंकमा बन्द भएको छ । बुधबार लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने १.२५ प्रतिशतले बढेको छ । लघुवित्तले जथाभावी लगानी गरेको कर्जा असुल हुन नसक्ने अवस्थामा रहेको समाचार आएसँगै बुधबार सबै उपसूचक वृद्धि हुँदा पनि लघुवित्त उपसूचकमा भने गिरावट भएको छ । लघुवित्त उपसूचक १.४…

धितोपत्र दलाल व्यवसायीहरूले १५ दिनमा शाखा कार्यालय खोल्न स्वीकृती पाउने
आर्थिक परिवेश

६फागुन, काठमाडौं। सेयर बजार कारोबार बढाउन धितोपत्र दलाल व्यवसायीहरूले शाखा कार्यालय खोल्न दिने प्रावधानसहितको निर्देशिका २०७९ लागु भएको छ। ब्रोकरहरुको शाखा खोल्ने प्रक्रियालाई सहज बनाउन धितोपत्र बोर्डले   बाेर्ड बैठकबाट पारित गरी  निर्देशिका कार्यान्वयनमा ल्याएको हो। निर्देशिका  यही फागुन  ४ गतेबाट कार्यान्वयनमा आएको हाे । निर्देशिकाअनुसार ब्रोकर कम्पनीहरुले शाखा खोल्दा प्रति शाखा १ करोड ५० लाख चुक्ता पुँजी कायम गर्नु पर्नेछ। तर सरकारले ताेके अनुसारका स्थानमा शाखा कार्यालय खाेलेमा भने साे पुजी नपुगेमा पनि स्वीकृती दिन सकिने व्यवस्था गरिएकाे छ । शाखा कार्यालय खोल्न चाहने ब्रोकरहरुको नेटवर्थ चुक्ता पुँजी भन्दा बढी हुनु पर्नेछ। मुख्य कार्यालय रहेको जिल्लामा शाखा खोल्न नपाइने, सरकारले…

नेपाली सेयर बजारमा उच्च गिरावट
आर्थिक परिवेश

१६ माघ, काठमाडौं ।  नेपाली शेयर बजारमा साेमवार उच्च गिरावट भएको छ । नयाँ सरकार गठनसँगै माघ दोस्रो साताबाट बढ्न सुरु भएर २२०० अंकभन्दा माथि पुगेको नेप्से दुई साता यता सामान्य घटबढ भइरहेको थियो । सोमबार भने नेप्सेमा १.९० प्रतिशतको गिरावट भएको हो । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालमाथि धितोपत्रको सार्वजनिक निष्कासनको स्वीकृतिमा आर्थिक लेनदेनको आरोप लागेपछि त्यसको प्रभाव सोमबार सेयर बजारमा पनि देखिएको छ । सोमबार बजार परिसूचक नेप्से ४१.१६ अंकको गिरावट हुँदा २१२७.३७ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा बजार परिसूचकमा करिब २ प्रतिशतको गिरावट…

शेयर काराेवार साढे पाँच अर्ब नजिक परिसूचक दुई हजार एक सय ६४ दशमलव ६१ अङ्कमा पुग्याे 
आर्थिक परिवेश

  २४ पुष,काठमाडौँ । गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आइतवार नेप्से परिसूचक २० दशमलव ६८ अङ्कले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अङ्कमा पुगेकाे छ । यस दिनको कारोबारमा दुई सय ५९ वटा कम्पनीको एक करोड ४१ लाख नौ सय ८८ कित्ता शेयर ७५ हजार चार सय ६५ पटक खरिद–बिक्री हुँदा रु पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार बराबरको कारोबार भएको  छ । पुष २४ गते  बैङ्किङ, उत्पादन र लघुवित्त समूहको उपसूचक घटेको छ भने अन्य सबै समूहको उपसूचक बढेको छ ।…