पूँजीबजार सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझायाे
आर्थिक परिवेश९ असोज, काठमाडौं । पूँजीबजार सुधार सुझाव कार्यदलले एकल ग्राहक कर्जा सीमा र बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर खरिद गरेपछि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था तत्काल हटाउन सुझाव दिएको छ । कार्यदलले बिहीबार अध्ययन प्रतिवेदन बुझाउँदै सरकारलाई तत्काल, मध्यकाल र दीर्घकालीन सुझाव दिएको हो । नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कायर्दलले ५ दिनको अध्ययनपछि प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनालललाइ बुझाएको हो । कार्यदलको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा २५ करोडलाई तत्कालन हटाउनुपर्छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले सूचीकृत संगठित संस्थाको…
नेपाल स्टकले सूचिकृत संगिठत संस्थाहरूलाई तोकिएको ढाँचामा १९ बुँदे सूचना उपलब्ध गराउन निर्देशन
आर्थिक परिवेश२३ भदौ,काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई तोकिएको ढाँचामा र समयमा अनिवार्य रूपमा वित्तीय विवरण तथा अन्य महत्वपूर्ण सूचना पेस गर्न निर्देशन दिएको छ । नेप्सेले आइतबार जारी गरेको सर्कुलरमा आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र लेखा परीक्षण वित्तीय विवरण, त्रैमास समाप्त भएको ३० दिनभित्र प्रतिसेयर आम्दानी, मूल्य आय अनुपातलगायतका विवरणसहितको त्रैमासिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ । साथै लाभांश वितरण, बोनस वा हकप्रद सेयर निष्कासन, ठुला लगानी वा कानुनी कारबाही जस्ता सेयर मूल्यमा प्रभाव पार्ने घटना तुरुन्तै नेप्से र कम्पनीको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बताइएको छ । यी सबै विवरण नेप्सेले उपलब्ध गराएको सेयर खरिदबिक्रीको अनलाइन प्रणाली (नट्स)…
नेप्से परिसूचक ३१ दशमलव १७ अङ्कले घट्याे
आर्थिक परिवेश१५ भदौ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ । आइतवार ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा छ अर्ब छ करोड १८ लाख २२ हजार ३७९ रुपैया बराबरको कारोबार भएको छ । आइतवार सबै समूहका उपसूचकहरु घटेका छन् । ग्लोबल आइएमई समुन्नत योजना–२ को शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घटेको छ ।
बुधवार शेयर बजारकाे परिसूचकमा उच्च अङ्कको सुधार
आर्थिक परिवेश११ भदाै काठमाडौँ । बुधवार नेपाली शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक ५३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको सुधार हो । बुधवार ३२१ कम्पनीको एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार ५२८ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ दशमलव ७० को कारोबार भएको नेप्सेले जनाएको छ । बुधवारकाे कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ एक दशमलव ३८, विकास बैङ्क तीन…
पहिलाे दिन परिसूचकमा उच्च गिरावट
आर्थिक परिवेश०१ भदाै, काठमाडौँ । यो साताकाे कारोबारको पहिलो दिन अाइतवार नेपाली शेयर बजारकाे परिसूचक (नेप्से) २७ दशमलव १४ अङ्कले घटेको छ । शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक दुई हजार ७६१ दशमलव २२ को बिन्दुमा कायम भएको हो । यस दिन परिसूचक घटे पिन आज ३१७ कम्पनीको दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता शेयर ८६ हजार ६६९ पटक खरिद बिक्री हुँदा रु सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ एक दशमलव शून्य तीन, विकास बैङ्क शून्य दशमलव…