आइतवार नेप्से परिसूचक र कारोवार रकम दोहोरो अङ्कले घट्याे
आर्थिक परिवेश०२ भदौ काठमाडौ । नेपाली शेयर बजारमा आइतवार नेप्से परिसूचक र कारोवार रकम दोहोरो अङ्कले घटेको छ । आइतवार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको छ । यस दिन कूल छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयरहरु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने घटेको छ । यस दिन ४ कम्पनीहरुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट…
शेयर बजारमा उच्च अंककाे काराेवार परिसूचकले ३ हजार पार गरयाे
आर्थिक परिवेशकाठमाडौँ । नेपाली शेयर बजारमा बिहिवार एक अर्को कीर्तिमान कायम भएको छ । बजारमा बिहिवार कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यस दिन झण्डै ३० अर्ब बराबरको शेयरकाे कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ । यस दिन कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयरहरू २९ अर्ब ९५ करोड ८५ लाख…
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट
आर्थिक परिवेश२९ साउन, काठमाडौँ । यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलवार भने सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्से परिसूचक आठ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा कायम भएको हो । तीन सय ३२ कम्पनीको पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर दुई लाख ४१ हजार छ सय ६५ पटक खरिदबिक्री हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार बैङ्किङ शून्य…
शेयर बजारमा सोमवार हालसम्मकै उच्च रकमको कारोवार
आर्थिक परिवेश२८ साउन,काठमाण्डौ । नेपाली शेयर बजारमा सोमवार हालसम्मकै उच्च रकमको कारोवार भएर नयाँ रेर्कड निर्माण भएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै २५ अर्ब ७७ करोड माथिको कारोबार भएको शेयर बजारमा सोमवार त्यो भन्दा बढी रकमको कारोबार भएर कारोवार २७ अर्ब नाघेको छ । यस दिन नेप्से परिसूचक ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४७ प्रतिशतको वृद्धि हो । समोमवार तीन सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयरहरु २७ अर्ब २४ करोड २० लाख…
शेयर बजारकाे काराेवार हाल सम्मकै उच्च बजार पूँजीकरणमा नयाँ रेर्कड
आर्थिक परिवेश२७ साउन काठमाडौँ । नेपाली शेयर बजारकाे काराेवारमा आइतवार दुइ नयाँ रेर्कड निर्माण भएका छन । याे हालसम्मकै उच्च रकमकाे कारोबार हाे । आइतवार नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो । यस दिन नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । तीन सय ३० कम्पनीको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद बिक्री हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार…