२४ भदौको दिन लुटपाटमा संलग्नमाथि कारबाही हुनु पर्छ : अध्यक्ष ढकाल
आर्थिक परिवेश१६ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको बताउनु भएकाे छ। महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेतृत्वसँग गरेको सर्वपक्षीय संवादमा बोल्दै उहाँले २४ भदौको दिन लुटपाटमा संलग्नमाथि कारबाही गर्न माग गर्नु भयाे । निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने विधि भएको उल्लेख गर्दै निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको ढकालले बताउनु भयाे । देश निर्वाचनमा अगाडि बढेको भन्दै समद्धिका लागि निजी क्षेत्रको संलग्नता भने अझै पनि ओझेलमा रहेको र निर्वाध रूपमा काम गर्ने वातावरण बनेको छैन, गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको…
निजी क्षेत्रको खस्केको मनोबल उकास्न सरकार प्रतिबद्ध अर्थमन्त्री
आर्थिक परिवेश१६ पुष, काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको खस्केको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा बुधवार काठमाण्डाैमा आयोजित ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ विषयक कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले पनि ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्र थप मनोबलका साथ उठ्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले आर्थिक सूचक सकारात्मक दिशामा रहे पनि लगानी बढ्न नसकेको स्विकार्नुभयो । “चालु खाता बचतमा छ । शोधनान्तर बचतमा छ । बैङ्क वित्तीय संस्थामा पर्याप्त तरलता छ । ब्याजदर र मुद्रास्फीति घटेको छ । तर पनि कर्जा लगानी बढ्न सकेन”, खनालले…
निर्माणाधीन पूर्व पश्चिम एशियन राजमार्गको भौतिक पूर्वाधार मन्त्रीबाट निरीक्षण
आर्थिक परिवेश१५ मंसिर,झापा । ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ । नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एशियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति २५ प्रतिशत छ । मन्त्री घिसिङले इटहरीदेखि बिर्तामोडसम्मको सडक निर्माण प्रगति, निर्माणमा देखिएका समस्या, समस्या समाधानका लागि गर्नुपर्ने कामलगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गर्नुभएको थियो । मन्त्री घिसिङ सडक स्तरोन्नतिको काम सुरु भएको तर जुन गतिमा हुन पर्ने हो त्यसअनुसार…
सबै सरकारी सञ्चार माध्यममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ
आर्थिक परिवेश११ मंसिर , काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आजबाट लागु हुने गरी सबै सरकारी सञ्चार माध्यममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ गरिएको बताउनुभएको छ । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्नुहुँदै सञ्चार मन्त्री खरेलले सरकारी सञ्चार माध्यमहरू सार्वजनिक सेवा प्रसारण नेपाल,रेडियाे नेपाल र नेपाल टेलिभिजनमा सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ गरिएको बताउनुभयाे । त्यसै गरी बिहिवारदेखि राष्ट्रिय समाचार समिति, गोरखापत्र, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा कार्यरत सबै सञ्चारकर्मी तथा कर्मचारीहरूमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुने गरी द्विपक्षीय सम्झौता भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलले जानकारी दिनुभयो । सञ्चार…
निजामती सेवालाई सुशासनयुक्त दक्ष र परिणाममुखी संस्थामा रूपान्तरण गर्ने मुख्यसचिवकाे लक्ष्य
आर्थिक परिवेश१० मंसिर, काठमाडौं । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवालाई सुशासन, दक्ष प्रशासन र परिणाममुखी संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य सार्वजनिक गर्नु भएकाे छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्दै अर्यालले निजामती सेवाको साख बढाउँदै जनसन्तुष्टि अभिवृद्धि आफ्नो कार्यकालको शीर्ष प्राथमिकता हुने स्पष्ट पार्नु भएकाे हाे । मुख्यसचिव अर्यालले चुनौतीपूर्ण परिस्थितिमा प्राप्त जिम्मेवारीलाई निःस्वार्थ भावना र पूर्ण जिम्मेवारीबोधका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै , ‘मेरो शक्ति, ज्ञान र अनुभव सार्वजनिक सेवालाई चुस्त र नागरिक-मैत्री बनाउँदै मुलुकको समग्र रूपान्तरणमा केन्द्रित हुने उल्लेख गर्नु भयाे । निजामती सेवाभित्रका कमजोरी सुधार्ने घोषणा अर्यालले पछिल्ला वर्षमा निजामती सेवाबारे जनमानसमा बनेको नकारात्मक छवि-ढिलासुस्ती,…