पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण
आर्थिक परिवेश

१२ मंसिर, काठमाडौं ।  होटल संघ नेपाल (हान)को नेतृत्वमा पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ । हानका अध्यक्ष अध्यक्ष विनायक शाहको नेतृत्वमा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सञ्जाल टुगेदर फर टुरिजमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राहत हस्तान्तरण गरेको हो । यो राहत जाजरकोट तथा रुकम पश्चिमका भूकम्प पीडितका लागि संकलन गरिएको हो । प्रधानमन्त्री प्रचण्डले यो राहतले भूकम्प पीडितको जीवनयापनमा सहयोग पुग्ने बताउनु भयाे  । उहाँले पर्यटन क्षेत्रका छाता संगठनको सञ्जालबाट यस क्षेत्रको विकास र विस्तारमा योगदान हुने बताउँदै उहाँले सञ्जालसँग छिट्टै थप विषयमा छलफल गर्ने पनि बताउनु भयाे  । पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट १५ लाख ५६…

सुकुम्बासी समस्या समाधान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । स्वबासी, सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साेमवार नेकपा (माओवादी केन्द्र) को वेबसाइट सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले एक हप्ताभित्र सुकुम्वासी समस्या हल हुने दाबी गर्नुभयो । उहाँले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरे पनि…

भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको प्रबलीकरण सम्पन्न प्रधानमन्त्रीले गर्नु भयाे उद्घाटन (भिडियो)
आर्थिक परिवेश

०६ मंसिर, काठमाडौँ ।  २०७२ सालकाे विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण रेक्टाेफिटिड. गरी  सम्पन्न  भएको छ । पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्रीले बुधवार सो कार्यालयको उद्घाटन गर्दै नयाँ कार्यालयबाट कार्य प्रारम्भ गर्नु भएकाे छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “यो खाली ठाउँ मात्र सारिएको होइन । कामको प्रकृति र गुण पनि नयाँ ढङ्गले जाने सङ्कल्प पनि यसभित्र रहेको मैले महसुस गरेको छु ।” एक सय २० वर्ष पुरानो यो भवनलाई त्यसको…

अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकारले निजी क्षेत्रसँग छलफल गर्दै
आर्थिक परिवेश

 ०५ मंसिर, काठमाडौँ ।  समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग आहिले दिउँसो २ बजेबाट प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयाेजना गरेकाे छलफल शुरू भएकाे छ । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निजी क्षेत्रसँग छलफल गर्ने निर्णय गरेको थियाे  । यस अघि मंगलवार पत्रकारहरू संग कुरा गर्दै अर्थमन्त्री  डा. प्रकासशरण महतलेआन्तरिक संरचनामा के उपलब्धी भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको सुझाव लिने योजना छलफल अायाेजना गरेकाे बताउनु भएकाे थियाे । हिजाे बालुवाटारमा भएकाे बैठक पछि…

संसदीय क्षेत्र विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुृननिर्माणमा खर्च गर्ने
आर्थिक परिवेश

२७ कार्तिक, काठमाढौं ।  सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ रकममा १ अर्ब ७५ करोड समेत थप गरी विपद् व्यवस्थापन कोषमार्फत भूकम्पपछिको पुर्नस्थापना र पुर्ननिर्माणमा खर्च गर्ने निर्णय गरेकाे छ  । साेमवार प्नधानमन्त्री निवास बालुवाटारमा बसेकाे   मन्त्रिपरिषद बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय पनि गरेको हो । भूकम्पबाट प्रभावित परिवारको स्वाघोषणा र सम्बन्धित वडाको सिफारिसका आधारमा लाभग्राहीले अस्थायी आवास निर्माण बापत पाउने रकम खाताबाटै प्राप्त गर्न सक्नेछन् । बैठकले नेपालको भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा व्यक्तिको…