साझा यातायातले ४० विद्युतीय बसबाट यात्रुलाई आरामदायी सेवा सेवा दिने
आर्थिक परिवेश

काठमाडौं । साझा यातायातका ३७ वटा बिजुली बस आगामी १० दिनभित्र केरुङ नाकामा आइपुग्ने भएका छन् । साझा यातायात कम्पनीले यसअघि नै ३ वटा बिजुली बस नेपाल ल्याएर चलाइरहेको छ । यो पहिलो लटको ४० वटा बिजुली बसमध्ये बाँकी अहिले ल्याउन लागिएको हो । साझाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर गौरवराज पाण्डेका अनुसार उक्त ३७ वटा बिजुली बसले कोदारी हुँदै न्यान्जिङ–काठमाडौं यात्रा सुरु गरेका छन्। ’साझा यातायातका ३७ बिजुली बस यसपाली केरुङ नाकाबाट ल्याउन लागिएको हो,’ उनले भने, ’अबको १० दिनभित्र ती बसहरु नेपाली नाकामा आइपुग्नेछ। यसभन्दा अघि ३ वटा बिजुली बस तातोपानी नाकाबाट ल्याइएको थियो। ती बस नाका आइपुग्न ७÷८…

निजी क्षेत्रको चासो सम्बोधन गर्न अर्थ मन्त्रालयद्धारा समिति गठन
आर्थिक परिवेश

काठमाडौं । अर्थ मन्त्रालयले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट उठाइएका विभिन्न चासोका विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन एक सुझाव समिति गठन गरेको छ । आइतबार मन्त्रालयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष , नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर , नेपाल उद्योग बाणिज्य संघ, नेपाल उद्योग परिसंघ , घरेलु तथा साना उद्योग महासंघ , नेपाल बैंकर्स संघ लगाएत सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित बैठकमा नेपालको आर्थिक अवस्थाको बारेमा छलफल भएको थियो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चापलाई सबै मिलेर समाधान गर्नुपर्ने धारणा राख्नुभयो । अर्थतन्त्रमा देखिएको असहजता कुनै एक निकायको मात्र समस्या नभएर समग्र मुलुकको…

अछाम पहिरोमा परी ज्यान गुमाउने २३ जनाको परिवारलाई १३ लाख ४० हजार राहत
आर्थिक परिवेश

अछाम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अछाम पहिरोमा परी ज्यान गुमाउने २३ जना मृतकको परिवार तथा आफन्तलाई घेटी राहत प्रदान गर्नुभएको छ । मुख्यमन्त्री भट्टले अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथ तथा वडा नम्बर ८ ढाँकुका पहिरो पीडितलाई प्रदेश सरकारको तर्फबाट २३ जना मृतकका परिवारलाई १३ लाख ४० हजार राहत रकम प्रदान गर्नुभएको हो । दुई वा दुईभन्दा बढीको मृत्यु भएका पाँच परिवारलाई प्रतिपरिवार २ लाख २० हजार, एक जनाको ज्यान गएका दुई परिवारलाई १ लाख २० हजारका दरले २ लाख ४० हजार गरी १३ लाख ४० हजार राहत प्रदान गर्नुभएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताउनुभयो…

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ सम्बन्धमा सुरक्षा निकायहरु बीच छलफल
आर्थिक परिवेश

काठमाडौँ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ लाई सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा बिहिवार सुरक्षा निकायहरु बीच छलफल भएको छ । नेपाली सेनाको प्रधान कार्यालय जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री हुतराज थापा बीच जङ्गी अड्डामा भेटघाट तथा छलफल भएको हो । नेपाली सेनाका उच्च तहका अधिकृतहरूको समेत सहभागिता रहेको उक्त छलफल कार्यक्रममा समसामयिक समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल…

सरकारले ‘स्टडी इन नेपाल’अभियान थाल्ने, कुटनीतिक नियोगहरुसमेत परिचालन हुने
आर्थिक परिवेश

काठमाण्डौ । नेपाल सरकारले ‘स्टडी इन नेपाल’शैक्षिक अभियानको थालनी गर्ने अवधारणा अघि सारेको छ । सो अवधारणलाई अघि बढाउने सन्र्दभमा शिक्षा मन्त्रालयले बुधबार विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवम् आइप्यानका पदाधिकारीहरूसँगको छलफल गरेको हो । छलफलमा सहभागीहरुले नेपाललाई शिक्षाको केन्द्रको रुपमा अघि बढाउन सकिने प्रयाप्त संभावना रहेको भनद्यै सरकारले निश्चित कार्यक्रम सहित अभियान अघि बढाउनु पर्नेमा जोड दिनु भएको छ । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विदेशस्थित नेपाली नियोगहरुलाई सहजीकरणका लागि आवश्यक निर्देशन दिने जानकारी दिनुभयो । ‘भिषालगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको नेपाल बसाईमा सहजता प्रदान गर्ने र भइपरी आउँदा द्रुत सेवा दिन सक्ने गरी नयाँ योजना बनाएका छौं,’…