दुम्कीबासको पुल भाँचिदा यातायात पूर्ण रुपमा अवरुद्ध
आर्थिक परिवेश

२६  पुष नवलपरासी,पश्चिम ।    पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासको पुल भाँचिदा यातायात पूर्ण रुपमा अवरुद्ध बनेको छ । प्रहरीका अनुसार अत्यधिक भारसहितको मालवाहक लरीका कारण पुल भाँचिएको हो । अत्यधिक भार बोकेको लरीका कारण शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोलामा रहेको पुल भाँचिएको हो । डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको छ । यातायात सञ्चालनका लागि डाइभर्सन निर्माण गर्ने उपयुक्त ठाउँको खोजी भइरहेको र वैकल्पिक रुपमा डाइभर्सन बनाएर यातायात सञ्चालनकाे प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका एसपी यादव ढकालले रेडियो नेपाललाई जानकारी दिनुभयो । वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी…

सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी भएकाे छ : सरकारका प्रवक्ता
आर्थिक परिवेश

२५ पुष, लेखनाथ (कास्की) ।    सञ्चार तथा  सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ । मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी गरिरहेको उहाँले बताउनुभयो । युनाइटेड क्लब पोखराद्वारा आयोजित १३औँ संस्करणको पोखरा महोत्सवको आज पोखराको अमरसिंह चौरमा उद्घाटन गर्दै मन्त्री गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार र सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले सुशासन र राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर सरकार गठन गरेको उल्लेख गर्नुभयो । देशको अर्थतन्त्र सुधार गरेर…

पुष्पलाल लाेकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर कालोपत्रे
आर्थिक परिवेश

२५ पुष, पाेखरा ।    राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्रे भएको छ । कूल दुई सय ५० किमीको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमी र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमी सडक कालोपत्रे हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किमी सडक कालोपत्रेका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । लमजुङसँगको सिमानामा पर्ने कास्कीको भैँसेदेखि रुदीखोलासम्म १६ किमी सडक भने पर्वतस्थित आयोजना कार्यालयका प्रमुख शम्भुप्रसाद आचार्यले जानकारी दिनुभयो । याम्दीदेखि पर्वत हुँदै बागलुङको मालढुङ्गासम्मको सडक पनि कालोपत्रे भई सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको…

नेपालकाे  वैज्ञानिकक्षेत्र र नीजिक्षेत्र बीच  सहकार्य हुने
आर्थिक परिवेश

२४ पुष,  काठमाडौँ।   मुलुकको औद्योगिक विकासका लागि  नेपालकाे  वैज्ञानिक  क्षेत्र र नीजि क्षेत्र बीच  सहकार्य हुने भएकाे   छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बी र  नेपाल उद्योग वाणिज्य महासङ्घ बीच अध्ययन अनुसन्धान लगायतका विषयमा सहकार्य गर्ने गरी मगलवार छलफल भएकाे हाे  । छलफलमा नाष्टका तर्फबाट महासङ्घसँग सहकार्यका लागि विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेस भएको छ । नास्टका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बा र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सहकार्यका विविध क्षेत्रबारे छलफल भएको हो । नास्टले महासङ्घसँग गरेको प्रस्तावमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ,…

सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध : गृहमन्त्री
आर्थिक परिवेश

  २२ पुष,  काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर लागेको बताउनुभयो । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले भारतीय नागरिकले कञ्चनपुरको शुक्लाफाँटाको जग्गामा खेतीपाती गरेको विषयलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारले प्रक्रिया प्रारम्भ गरिसकेको जानकारी दिनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने हाम्रो भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको अवस्था छ । यसबारे सरकारलाई जानकारी छ, यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । समस्या समाधान गर्न कूटनीतिक छलफल पनि गरेका छौँ…