राष्ट्रपतिबाट महत्वपूर्ण २ अध्यादेशहरू जारी
आर्थिक परिवेश

१७ बैशाख, काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुककाे अार्थिक विकासका लागि महत्वपूर्ण मानिएका दुइ अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले बिहिवार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्नुभएको जारी गर्नुभएको हाे । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश हरू जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिभवनबाट बिहीबार जारी विज्ञप्ति अनुसार, नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भए अनुसार यो अध्यादेश आजैका मिति अर्थात्…

 काठमाण्डाै‌काे चक्रपथ विस्तारका लागि दोस्रो सम्झौता
आर्थिक परिवेश

१६ बैशाख, काठमाण्डाै ।   काठमाण्डाै‌काे चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायतासम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएकाे छ । सम्झौताअनुसार, चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ। यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ। सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक…

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
आर्थिक परिवेश

१५ बैशाख,काठमाण्डौ ।    चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर आधारभूत मुल्यमा ३.६८ र उपभोक्ता मूल्यमा ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । केन्द्रीय तथ्यांक कार्यालयले मंगलवार प्रकाशित गरेको विवरणमा जीडीपीको आकार ६६ खर्ब रुपैयाँ पुग्ने आकलन गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको थियो । यस बर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ५१३ अमेरिकी डलरमा रहने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक राष्ट्रिय लेखा तथ्याङ्कले प्रतिव्यक्ति आयमा खासै सुधार…

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा
आर्थिक परिवेश

  ०९ बैशाख   काठमाडौँ ।   गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ । गृहमन्त्री गुरुङले पछिल्ला दिनहरूमा शेयर खरिद लगायतका विषयमा प्रश्नहरू उठेपछि सम्बन्धित विषयमा निष्पक्ष छानविन होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताउनुभएको छ । गृहमन्त्री गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराउँदै पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर नैतिक जिम्मेवारी निर्वाह गर्दै आजकै दिनदेखि लागू हुनेगरी राजीनामा गरेको उल्लेख गर्नुभएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि समिति गठन मन्त्रीपरिषदका निर्णयहरू
आर्थिक परिवेश

   ०९ बैशाख,काठमाडौँ  ।  मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन  गरेको छ। समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट तथा सदस्यहरूमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल रहनु हुनेछ । बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यमा नवराज सिम्खडा र रोशन बहादुर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिनुभयो । बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिएको छ । त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ लाई संशोधन गर्न…