सरकारका तर्फबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने
आर्थिक परिवेश

२९ पुष, काठमाडौँ ।  निर्माण व्यवसायीलाई सरकारका तर्फबाट भुक्तानी  गर्नुपर्ने रकम  तत्काल भुक्तानी हुने  भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा आइतवार सम्पन्न छलफल पछि निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रियालाइ आजै अगाडि बढाउने निर्णय भएको हो । छलफलमा प्रधानमन्त्री दाहालले    निर्माण व्यवसायीको गत आर्थिक वर्षकाे तथा चालु आवको अहिलेसम्मको दायित्व भुक्तानीको प्रक्रिया अगाडि बढाउन सम्वदध निकायहरूलाइ र्निदेशन दिनु भ्एकाे हाे  । अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थ सचिव डा कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि आजै भुक्तानीको प्रक्रिया अगाडि…

पाँच महिनाकाे अवधीमा नेपालबाट विदेशियाे ४७ अर्ब ३५ करोड रुपैयाँ
आर्थिक परिवेश

२६ पुस, काठमाडौं ।  नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थी संख्या बढेसँगै  पाँच महिनाकाे अवधीमा ४७ अर्ब ३५ करोड रुपैयाँ नेपालबाट विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय ५९.५ प्रतिशतले बढेको छ । भ्रमण आय भने ४७.५ प्रतिशतले…

बिप्रेषण आप्रवाह बढेर ५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड
आर्थिक परिवेश

२६ पुस, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा बिप्रेषण आप्रवाह मासिकरूपमा  एक खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ । मंसिर महिनामा मात्र १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स नेपालमा भित्रिएको छ । कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तमा पुग्दा ६ खर्ब नाघेको हो । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्मको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा…

लाइन काटिएका उद्योगमा तत्काल विद्युत् लाइन दिन नेपाल विद्युत् प्राधिकरणलाई सरकारकाे निर्देशन
आर्थिक परिवेश

काठमाडौँ । सरकारले महसुल विवादका कारण लाइन काटिएका उद्योगहरूमा तत्काल विद्युत् लाइन दिन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरण र उद्योगहरू बीचको महसुल विवादको यथार्थ छानविन गर्न समिति गठन गर्ने निर्णय पनि गरेकाे छ । बैठकमा  लाइन काटिएका उद्योगमा विद्युत् लाइन जोड्न निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले विद्युत् महसुल विवादको यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा उद्योग मन्त्रालय र ऊर्जा मन्त्रालयका एक/एक जना सहसचिव सदस्य रहने तीन सदस्यीय छानविन…

नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचा फेर्ने बारे छलफल 
आर्थिक परिवेश

२३ पुष, काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणमा  जाेड दिनु भएकाे छ । प्रधानमन्त्रीले साेमवार  अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग नीति, कार्यक्रम र बजेटको ढाँचा र प्रक्रियामा व्यापक परिमार्जन गर्ने गरि छलफल गर्नुभएको हाे । सोमबार दिउँसो आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति कार्यक्रम र बजेटमा व्यापक रूपान्तरण गर्न त्यसको नीति र कार्यतालिकामा परिमार्जन गर्नेगरि बैठक बोलाउनुभएको हो। उक्त बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले “बजेटको मन्त्रालयगत सिलिङ तोक्दा मन्त्रालयहरूबीच व्यापक छलफल जरूरी भएको बताउँदै सिलिङ तोक्ने प्रक्रियाबारे नै छुट्टै छलफल आवश्यक रहेको” बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “सिलिङ तोक्दा अनुमान र हचुवाको भरमा नतोकौं,…