पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लियाे
आर्थिक परिवेश

२२ चैत्र,  काठमाडौँ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्वार  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उहाँलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै प्रहरीले नियन्त्रणमा लिएकाे हाे । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछानेलाई काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको हो । सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले पुर्पक्षका लागी थुनामा पठाउन आदेश…

रुपन्देहीको तिलोत्तमामा हुलास स्टील इण्डष्ट्रिज सञ्चालनमा
आर्थिक परिवेश

२१ चैत्र, रुपन्देही ।  पछिल्लो समयमा नेपालमा औद्योगिक वातावरण नभएको गुनासो बढिरहेकै समयमा नेपालको औद्योगिक घराना हुलास स्टील इण्डष्ट्रिज लि.ले रुपन्देहीको तिलोत्तमामा नेपालकै पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । जस्तापाता लगायत स्टिलजन्य वस्तुहरू उत्पादन गर्दै आएको हुलास उद्योगले तिलोत्तमा नगरपालिका–७ मंगलापुरमा तीन करोड लगानीमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । सर्भिस सेन्टरमा हुलास स्टिलका एच स्पान र हुलास हेरिटेज सीट उत्पादन र विक्री वितरण हुने कम्पनीका चिफ फाइनान्स अफिसर सुनिल मनोत जैनले बताउनुभयो । सर्भिस सेन्टरबाट उपभोक्ताले चाहेको साइज र परिमाण ६ घण्टाभित्र डेलिभरी पाउने उहाँले दाबी गर्नुभयो । रुपन्देहीमा उत्पादन हुने एच स्पान र हुलास हेरिटेज सिटको मूल्य…

भारतीय लगानीकर्ताहरुलाई नेपालका जलविद्युत आयोजनाहरुमा लगानी गर्न आग्रह
आर्थिक परिवेश

१३, चैत्र, काठमाडौं ।    नेपालका उर्जा उद्यमीहरुले नेपालमा २० हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक आयोजना छानेर लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार भएको नेपाल भारत ऊर्जा सम्मेलनमा बोल्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नु भयो । नेपाल सरकारले हालै मात्र सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुयाउने महत्त्वाकांक्षी लक्ष्य लिएको र त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकोले नेपालमा लगानीको सुनौलो अवसर रहेको अध्यक्ष कार्कीले भारतीय लगानीकर्ताहरुलाई जानकारी गराउनु भयो । नेपाल…

कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा
आर्थिक परिवेश

  १२ चैत्र, हेटौँडा ।   हिँउदकाे विद्युत्काे  माग धान्र  मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खा याम सुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । ‘रनअफ रिभर’ मा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका…

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसिड.लाई पदमुक्त गर्याे
आर्थिक परिवेश

११ चैत, काठमाडौं ।     सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसिड.लाइ पदमुक्त गर्ने निर्णय  गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल २४ साउन २०८२ मा सकिँदै थियो । घिसिङलाई बर्खास्त गरेपछि मन्त्रिपरिषद्ले प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाइ कायर्गकारी निर्देशक नियुक्त  गर्ने निर्णय गरेको हाे । यसअघि २५ साउन २०७८ मा तत्कालीन कार्यकारी निर्देशक शाक्यहटाएर कुलमानलाई सो पदमा दोस्रोपटक नियुक्त गरिएको थियो । सरकारसँगको लामो द्वन्द्वपछि मन्त्रिपरिषद्को १२ फागुनमा उनलाई पदबाट किन नहटाउने भन्दै सफाइ पेश गर्न भन्दै स्पष्टीकरण सोधेको थियो । खासगरी डेडिकेटेड र ट्रंकलाइन…