प्राधिकरणकाे ६ महिनामा ११ अर्ब ३६ करोड नाफा
आर्थिक परिवेश

१६ फागुन, काठमाडौं ।   नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ बराबर नाफा कमाएको छ । प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।  विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी चालु आव साउनदेखि पुस मसान्तसम्म प्राधिकरण अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ । गत आव २०८०/०८१ मा प्राधिकरणले…

प्रदेश कार्यसम्पादनमा मधेश कमजाेर सुदूरपश्चिम राम्राे
आर्थिक परिवेश

०३ फागुन, काठमाडौं ।    प्रदेश र स्थानीय तहको  गत अार्थिक बर्षकाे कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क सुदूरपश्चिम प्रदेशले पाएको छ । सुदूरपश्चिमको ५१ दशमलव छ अङ्क रहेको छ ।  कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेस प्रदेश देखिएको छ, मधेस प्रदेशले ३० अङ्कमात्र पाएको छ । आयोगले प्रदेशहरूलाई विभिन्न १९ वटा सूचकका आधारमा कार्यसम्पादनको अङ्क दिएको हो । जसमा लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु, प्रदेशले स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराए÷नगराएको अवस्था, सवारीसाधन करबापत रकम सम्बन्धित स्थानीय सरकारको सञ्चित कोषमा दाखिला गरे÷नगरेको लगायत…

नेपाल र भारतबीच उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सहमति
आर्थिक परिवेश

२  फागुन, काठमाडौँ ।  अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा सहमति भएकाे हाे । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता सन्दीपकुमार देवका अनुसार सन् २०३४–३५ सम्म निर्माण गर्नेगरी दुईवटा नयाँ र एक हाल सञ्चालनमा रहेको प्रसारण लाइनको क्षमता वृद्धिका लागि सहमति भएको हाे । नेपाल र भारतका ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निजगढ/हरनैया–मोतीहारी चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणमा सहमति…

गण्डकी र  लुम्बिनी प्रदेश आर्थिक त्रिभुज परियोजना कार्यान्वयन अघि बढाउन सहमत
आर्थिक परिवेश

३० माघ, पाल्पा ।  लुम्बिनी र गण्डकी प्रदेश सरकारले गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने प्रतिबद्धता जनाएका छन् । दुबै प्रदेशले रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश सरकारको आयोजनामा पाल्पाको ऐतिहासिक एवं पर्यटकीय गन्तव्य रानीमहलमा बुधवार सम्पन्न अन्तर प्रदेशस्तरीय बैठकले उक्त प्रतिबद्धता व्यक्त गरेको हो । लुम्बिनी र गण्डकी प्रदेशको समग्र विकासका सवाल, साझा सम्भावनाहरू संयुक्त रुपमा सम्बोधन गर्ने उद्देश्यले पहिलो पटक लुम्बिनी प्रदेश सरकारले बैठकको आयोजना गरेको थियो । बैठकले दुवै प्रदेशका विभिन्न विकास योजनालाई संयुक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता गरेको छ । यातायात सञ्जाल…

धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा
आर्थिक परिवेश

२७ माघ काठमाडौं ।    धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिका प्रमुख बालेश्वर मण्डलले शनिबार धनुषाधाममा आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गर्नुभएको हो । कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रुपमा विपन्न  घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरिएको छ । उर्जामापक यन्त्र (मिटर)मार्फत बाहेक विद्युतको अन्य लाइनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विद्युतको लाइन तानेमा वा जडान गर्ने (हुकिङ), मिटरलाई छली विद्युत् प्रयोग गर्ने, मिटर तोडी, नासी, बिगारी वा अन्य कुनै किसिमले क्षति पुयाउने वा सामान्य परिचालन हुन नसक्ने गरी असक्षम बनाउलेलगायतका कार्य गरेमा विद्युत्…