विकास आयाेजनाहरूमा प्रक्रियागत ढिलाइका कारण निर्धारित लक्ष्य हासिल नहुने अवस्थाकाे अन्त्य गर्न प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश२२असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा साेमवार विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गराउन कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका साथै उत्पादन, पूर्वाधार, व्यापार र वित्तीय स्रोतको व्यवस्थापनका कार्यक्रमलाई छिटो छरितो रुपमा अघि बढाउने निष्कर्ष निकालिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, मुख्यसचिव एकनारायण अर्याल लगायत सहभागी छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रका पूर्वाधार विकास आयोजना…
काठमाडाैमा शुरू भयाे हिमालयन इन्टरनेशनल एक्स्पो
आर्थिक परिवेश१७ असाेज , काठमाडौँ । चाड पर्वलाइ लक्षित गरेर नेपाली हस्तकलाका सामग्रीको बजार प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडाैकाे भृकुटीमण्डपमा आजदेखि हिमालयन इन्टरनेशनल एक्स्पोको अायाेजना गरिएकाे छ । ‘ह्याण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने मूल नाराका साथ हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तीन दिने हिमालयन इन्टरनेशनल एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नु भयाे । उद्घाटन समाराेहलार्इ सम्वाेधन गर्दै उदध्याेग मन्त्री भण्डारीले कृषकले उत्पादन गरेका वस्तुहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनु भयाे । उद्घाटन समारोहमा उहाँले नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद…
पेट्रोलियम पर्दाथको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत सम्पन्न
आर्थिक परिवेश०६,असाेज दैलेख । दैलेखमा रहेको पेट्रोलियम पर्दाथको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत सम्पन्न भएको छ । चार महिना भित्र ड्रिलिङको काम सक्ने गरी २०८१ जेठदेखि काम सुरु गरिएको भएपनि कडा चट्टानका कारण ५५ प्रतिशत मात्र ड्रिलिङको काम सकिएको परियोजनाले जानकारी दिएको छ । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हाल सम्म २ हजार दुई सय मिटर ड्रिलिङ भइसकेको बताउनुभयो । चार महिना भित्र काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिएको भएपनि जमिनमुनी कडा चट्टानले गर्दा ड्रिलिङको काम मङ्सिर मसान्तसम्म सकिने भूगर्भविद् लुइँटेलले बताउनुभयो । अहिले विज्ञहरूले २/२ मिटर गहिराइबाट निस्किएका ढुङ्गा र…
चितवनका इँटा उद्योगहरु सबै बन्द
आर्थिक परिवेश३० भदाै चितवन । गुणस्तरीय इँटा उत्पादन गर्दै आएको चितवनका इँटा उद्योगहरु सबै बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ वटा इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन् । उहाँले भन्नुभयो, “गत वर्षदेखि नै यहाँका उद्योग बन्द भएभन्दा हुन्छ ।” एउटा उद्योगमा चार सय हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उहाँले हजारौँ मजदुरको रोजीरोटी बन्द भएको र करोडौँ रुपैयाँ उद्योगले…
उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीसगँ प्रधानमन्त्रीकाे आग्रह
आर्थिक परिवेश३० भदाै काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले बसोबासका लागि आवश्यक हुने घरजग्गाको कारोबार नियमित रुपमा हुने भए पनि धेरै लगानी गरेर लामो समय खाली हुने ‘अपार्टमेन्ट’हरू सहरमा देखिने स्थिति हुँदा त्यसले तत्काल प्रतिफल नदिने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले यस व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोडिएका विषयमा कानुनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास…