९ महिनामा २० अर्ब २९ करोड २२ लाखकाे धान, चामल, मकै पैठारी, काेदाेकाे पिठाे मात्रै १ अर्बकाे
आर्थिक परिवेश१३ बैशाख, वीरगंज । मुलुकको प्रमुख भन्सार नाका वीरगंजको आईसिपी भन्सारबाट मात्र चालु आर्थिक वर्षको ९ महिनामा २० अर्ब २९ करोड २१ लाख ६६ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न नेपाल भित्रिएको छ । वीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्त सम्म ६ अर्ब ९३ करोड २० लाख १२ हजार मूल्य बराबरको धान भित्रिएको छ भने १ अर्ब ३८ करोड १८ लाख ४९ हजार मूल्य बराबरको चामल भित्रिएको छ । त्यसैगरी आईसिपी भन्सार नाकाबाट सो अवधिमा ६ अर्ब ९३ करोड २० लाख १२ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगंज भन्सार कार्यालयको…
सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुड. छिचाेलिने अवस्थामा
आर्थिक परिवेश०८बैशाख,काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुड. निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको परियोजनाको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशमलव…
नेपाली चिया निकासीमा भारतीय अवराेध
आर्थिक परिवेश०८ बैशाख, झापा। भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपाली चिया भारत लगेर दार्जलिड. तथा असाम चियाकाे नामबाट ठूलाे मात्रामा नेपाली चिया निकासी गर्दै आएका भारतीय व्यवसायीहरूले समय समयमा वा प्रतेक बर्ष यस्तै निहुँ निकालेर नेपाली चियामा अवराेध गर्दै आएका छन । नेपालमै चिया प्नशाेधन गरी ब्राण्डीड. गरेर चिया नबेची भारतीय व्यापारिमा निर्भर हुँदा भारतीय पक्षबाट बर्षेनी जस्ताे यस प्रकारकाे समस्या नेपालका चिया उद्यमीहरुले भाेग्दै आएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका…
गुन्द्रुकले सरकारी मान्यता स्वदेश तथा विदेशमा बिक्रीका लागि बाटो खुल्याे
आर्थिक परिवेशमकवानपुर । हेटौँडामा उत्पादन भएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै जिल्लाभित्र र बाहिरी शहरमा बिक्रीका लागि बाटो खुलेको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा–१२ घलेगाउँ स्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्ग्यानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो । लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उपमहानगरको लगानीमा सञ्चालित तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो । करिब चार महिना लामो परिक्षण र…
राष्ट्रिय हेमजा आलु महोत्सव सुरु, करिब १५ करोडको आलु बिक्री गर्ने लक्ष्य
आर्थिक परिवेश२५ चैत्र, हेम्जा, पाेखरा । पोखरामा आइतबारदेखि १२ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । “सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक” भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । उक्त अवसरमा बिष्णुपादुका क्लबको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताउनुभयो । उहाँले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको दाबी गर्नुभयो । प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेमजाको सिँचाइ व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपूरक…