आफ्नै गाउँमा  तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन
आर्थिक परिवेश

१८ कातिर्क, गलकोट (बागलुङ)।  बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन्  । त्यसैमध्येका एक हुनुहुन्छ, चन्द्र खत्री । गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै गाउँमा  तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन गरिरहनुभएको छ । जापानमा रोजगारी सिर्जनाको माध्यम उद्यम भएको आफ्नो २५ वर्षे अनुभव सुनाउँदै खत्रीले जन्मथलोमा रोजगारी सिर्जना गर्ने उद्देश्यले तीन वर्षअघि जामुनबोट एग्रो फार्म सञ्चालनमा ल्याउनुभएको हो । “पच्चीस वर्षदेखि जापानमा छु, अहिले वर्षमा तीन महिना नेपाल र नौ महिना जापानमा हुन्छु, आफ्नो जन्मथलोमा केही गर्ने सोच पहिलेदेखि नै आएको थियो । तर केही गर्न सकेको थिएन, तीन वर्षअघि बाख्रापालन गर्ने सोच…

नेपाल र दक्षिण  काेरियाबीच कृषि क्षेत्रका विषयमा प्राविधिक सहकार्यका लागि समझदारी
आर्थिक परिवेश

१७ कार्तिक, काठमाडाैं ।  नेपाल र दक्षिण  काेरियाबीच कृषि तथा पशुपन्छी विकासका क्षेत्रमा सहकायर् गर्ने गरी   दुर्इपक्षीय समझदारी भएकाे छ । कृषि  मन्त्रालयमा  दुइ देशका कृषि सम्वध्द मन्त्रालयबीच कृषि क्षेत्रका विविध विषयमा प्राविधिक सहकार्यका लागि समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएकाे हाे । समझादारी पत्रमा नेपालको तर्फवाट कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र गणतन्त्र कोरियाका तर्फवाट कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ्ग व्हाङ्गक्वुनले हस्ताक्षर गर्नुभयो । समझदारीकाे उद्देश्य दुवै पक्षले आ-आफ्नो राष्ट्रिय कानून र नियमावली बमोजिम दुई देशबीचको कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपन्छी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोगलाई सुदृढ…

भारतबाट नेपालमा केराकाे आयात बढ्दाे २ महिनामा रूपैडियाबाट १० करोड ३१ लाखकाे भित्रियाे
आर्थिक परिवेश

१४ कार्तिक, नेपालगंज । चाडबाड शुरू भए संगै भारतबाट नेपालमा केराकाे आयात अत्यधिक मात्रामा बढेकाे छ । दशै तिहार तथा छठका लागि भनेर नेपालमा भारतीय केरा भित्रिने क्रम बढेकाे विभिन्र भन्सार कार्यालयहरूले जनाएका छन् । यस अघि चालु आर्थिक वर्षको दुइ महिना सम्ममा नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको केरा नेपालमा आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चाडपर्वको सिजन भएका कारण यी दुई महिनामा केरा आयात अत्यधिक हुने गरेको छ । यो अवधिमा २४ सय ६६ मेट्रिक टन केरा आयात भएको हो । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले यहाँबाट…

मुस्ताङबाट दशैं पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरका च्याङग्रा निकासी
आर्थिक परिवेश

६ कात्तिक, म्याग्दी ।  मुस्ताङबाट दशैं पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैंका लागि ५ हजार ७५५  च्याङग्रा निकासी भएको जानकारी दिए । ‘जोमसोमको नाकाबाट ५ हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड २ लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।’ मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५…

समग्र कृषि अनुसन्धानलाई सबल बनाउन आवश्यक छ : कृषि मन्त्री
आर्थिक परिवेश

 ०३ कातिर्क, नेपालगञ्ज ।  कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुषालले समग्र कृषि अनुसन्धानलाई सबल बनाउन आवश्यक रहेको बताउनुभएको छ । बाँकेमा आज कृषि मन्त्रालय अन्तर्गतका संघीय कार्यालय अनुगमन तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नार्क पशु प्रजनन कार्यालय अवलोकनका क्रममा मन्त्री भुषालले कृषि अनुसन्धान निर्देशनालय (नार्क) को पुनर्संरचना आवश्यक रहेको बतउनुभयो । उहाँले प्रदेश कृषि अनुसन्धान तथा समन्वय रणनीति छिट्टै तयार गर्न सबै प्रदेशका निर्देशकलाई निर्देशन दिनुभयो । विकसित प्रविधिलाई किसानसम्म प्रसार गर्न व्यापक अभियान चलाउनुपर्ने मन्त्री भुषालको भनाई छ । उहाँले बजेट र कर्मचारीको सीमितताका बाबजुद कृषि अनुसन्धानले गरेको उपलब्धि उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।