नेपाल र चीनबीच विभिन्न १३ वटा विषयमा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर
आर्थिक परिवेश८ असाेज, बेइजिङ ,चीन । नेपाल र चीनबीच विभिन्न १३ वटा विषयमा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच साेमवार ग्रेट हल अफ दी पिपुलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो सम्झौतामा आयोगका उपाध्यक्ष डा मीनबहादुर…
मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु
आर्थिक परिवेश१ असाेज,म्याग्दी । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैँचा स्याउले राताम्य भएका छन् । पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन् । मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको स्थानीय सुशिलबाबु थकालीले जानकारी दिनुभयो । विगतका वर्षहरुमा भदौ दोस्रो सातादेखि नै स्याउ टिप्ने गरिएकामा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमा नै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न…
बुटवलमा आधुनिक पशु बधशाला संचालनमा आउने
आर्थिक परिवेश१ असाेज ,काठमाडौं। बुटवलमा आधुनिक पशु बधशाला संचालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि वधशाला संचालन सम्झौता भएको हो। बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टकका संचालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएकाे छ । सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रै वधशाला संचालनमा ल्याउनेछ। बुटवल-१० रामनगरमा २ बिघा ३ कट्ठा क्षेत्रफलमा बनेको वधशाला संचालनका लागि यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरले गत असारमा पुनः बोलपत्र आह्वान गरेको थियो। नयाँ प्रक्रियाअनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७१० रुपैयाँ उपमहानगरपालिकालाई बुझाउने छ। पाँच वर्षका लागि गरिएको सम्झौताअनुसार…
विज्ञ टोली परिचालन गरी सहकारी नियमन बलियो बनाउन सुझाब
आर्थिक परिवेश२६ भदौ,काठमाडाैं । सरकारद्धारा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ । उक्त कार्यदलले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो । सहकारीका बचतकर्ता पीडितलाई तत्काल राहत दिने गरी सरकारले केही योजना ल्याउन अध्ययन कार्यदलले सुझाव दिएको छ । सहकारी क्षेत्रमा देखिएको तरलता अभावको समस्यालाई सम्बोधन गर्न सरकारले पहल गर्नुपर्ने, पीडित बचतकर्ताको बचत फिर्ताका लागि सहजीकरण गर्ने, सहकारीको वित्तीय स्वास्थ्य राम्रो बनाउनका लागि विज्ञ टोली परिचालन गर्ने र नियमन बलियो बनाउने लगायतका सुझाव दिएको छ । स्वायत्त र शक्तिशाली नियमन निकाय बनाएर नियमन तथा अनुगमन गर्न र कार्वाहिको लागि…
चिराइतो बिक्रीबाट किसानले वार्षिक रूपमा दशदेखि १५ लाखसम्म आम्दानी गरे
आर्थिक परिवेश२३ भदाै, काठमाडाैं । भोजपुरका किसानहरू अन्य खेतीको तुलनामा चिराइतो खेतीतर्फ आर्कषित भएका छन् । मकै, आलुको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानहरु बहुउपयोगी जडीबुटी चिराइतो खेतमिा आर्कषित भएका हुन् । चिराइतो बिक्रीबाट वार्षिक रूपमा दशदेखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवन्द्र राउतले बताउनुभयो । यस वर्ष आफ्नो बारीमा करिब ६० मन चिराइतो उत्पादन हुने उहाँको भनाइ छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसानको भनाइ छ । चिराइतोबाट…