सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलियाे
आर्थिक परिवेश११ माघ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित हुनुभएको हो । प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यस मार्गका यात्रीहरूलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ…
देशकाे दाेश्राे सिद्धबाबा सुरुङ मार्ग छिचाेलिंदै पहाड तराईसँग जाेडिने
आर्थिक परिवेश११ माघ काठमाडौं | पहाडलाई तराईसँग अर्थात रुपन्देही जिल्लालाई पाल्पासँग जाेड्ने सिद्धबाबा सुरुङ मार्गको मुख्य टनेल छिचाेल्ने ‘ब्रेक थ्रू’ आज, ( शुक्रबार) गर्ने तयारी भएकाे छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा मन्दिर नजिक रहेको बहुचर्चित सुरुङको मुख्य टनेलको ‘ब्रेक थ्रू’को सबै तयारी पूरा भएको आयोजक सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार ‘ब्रेक थ्रू’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत अन्य अधिकारीहरूको उपस्थिति हुनेछ। यो सुरुङ निर्माणको काम गत वर्ष माघ ४ गतेदेखि शुरू भएको थियो। ‘ब्रेक थ्रू’का लागि साढे १ मिटर भाग सुरक्षित राखिएको छ र बाँकी भागमा ब्लास्टिङ गरेर सिद्धबाबा मन्दिर…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि (आरएनपी–एआर) प्रणाली लागु
आर्थिक परिवेश१० माघ, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहीबारदेखि ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणाली लागु भएको छ । भिजिबिलिटी समस्या समाधान गर्न यसअघि लागु गर्ने भनिएको ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम’ (आईएलएस) प्रणालीलाई भारतले अनुमति नदिएपछि भूउपग्रहमा आधारित आरएनपी–एआर प्रणाली लागु गरिएको हो । विशेषगरी मंसिर, पुस र माघमा बाक्लो हुस्सुले भिजिबिलिटी कम हुने समस्याले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान समेत स्थगन हुने गरेको छ । यो समस्या समाधानका लागि आरएनपी–एआर प्रणाली लागु गरिएको हो । हाल यान्त्रिक विधि (आईएफआर) मा उडान गर्दा विमानस्थलको न्यूनतम भिजिबिलिटी १ हजार ८ सय मिटर चाहिने अवस्था रहेकोमा अब आरएनपी–एआर विधिमा ९ सय…
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
आर्थिक परिवेश0९ माघ काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुनेभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको उहाँले स्पष्ट गर्नुभयो । यसैगरी मन्त्री गुरुङले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद्अन्तर्गत दुवै सदनको अधिवेशन आह्वान हुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय…
उचित प्रतिफल आउने गरी काम गर्न अध्यक्ष तथा प्रमुख कार्यकारीलाई निर्देशन
आर्थिक परिवेश८ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैरवित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिनु भएकाे छ। अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैरवित्तीय संस्थालाई आवश्यक नीति तथा कानुन बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भन्दै त्यसका लागि अग्रसरता लिन निर्देशन दिनु भयाे । उहाँले सामान्य अवस्थाको प्रगतिले नपुग्ने भन्दै हाल देखापरेका समस्या समाधान गर्न सार्थक पहल लिनुपर्ने बताउनु भयाे । अर्थमन्त्री पौडेलले समस्यालाई आ–आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनीयता बढाउने गरी काम गर्न…