विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल आकर्षक लगानीस्थल : चन्द्र ढकाल
आर्थिक परिवेश

१५ कार्तिक, काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ । बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल आकर्षक लगानी स्थल रहेको बताउनुभयो । जलविद्युत्लाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयबारे अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत् आयोजनामा लगानीको थप अवसर प्राप्त भएको प्रस्ट पार्नुभयो । बङ्गलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युत्का लागि थप बजार सृजना भएको उहाँले सम्बोधनका क्रममा बताउनुभएको महासङ्घद्वारा आज…

नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरुलाई आग्रह,१.५ बिलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार
आर्थिक परिवेश

१५कार्तिक,लण्डन,संयुक्त अधिराज्य ।  नेपालको विभिन्न क्षेत्रका व्यक्ति तथा विज्ञहरुले नेपालमा लगानीको वातावरण निर्माण भएकोले नेपालमा लगानी गरी लाभ लिन बेलायती लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ । बेलायतको राजधानी लण्डनमा नेपालमा लगानी सम्बन्धमा आयोजित एक उच्चस्तरीय सम्मेलनको क्रममा वक्ताहरुले नेपालमा लगानी गर्न आग्रह गर्नु भएको हो । नेपाली राजदूतावास लण्डनले नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न नेपाल बेलायत मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा मंगलवार सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो । सम्मेलनलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय…

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी
आर्थिक परिवेश

१३ कार्तिक, काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले २५ अर्ब ७८ करोड ९० लाख रूपैया बराबर पुँजीगत खर्च गरेको छ । त्यस्तै गत असोज मसान्तसम्ममा सरकारी ऋणको साँवाब्याज तिर्न  ६७ अर्ब ७० करोड ७१ लाख रूपैया खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कबाट देखिन्छ । यो अवधिमा भएको कुल पुँजीगत खर्चको…

लगानीको प्रचुर संभावनाबाट लाभ लिन गैर आवासीय नेपालीहरुलाई राष्ट्रपति पौडेलको आग्रह
आर्थिक परिवेश

३० असोज, काठमाण्डौ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार संभावनाको सदुपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । आजदेखि काठमाण्डौमा शूरु भएको गैर आवासीय नेपाली विश्व सम्मेलन,११औं अन्तराष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको समुद्घाटन गर्नुहँदै राष्ट्रपति पौडेलले नेपालको जलस्रोत,पूर्वाधार,शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानीको प्रयाप्त संभावना रहेकोले लगानी गरी आभ लिन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो । नेपाल आर्थिक रुपमा सम्वृद्ध भए मात्र विश्वको जुनसुकै स्थानमा रहेका नेपालीहरुको पनि शिर ठाडो हुने भएकोले नेपालको सम्वृद्धिमा योगदान गर्न आवश्यक रहेकोमा पनि राष्ट्रपति पौडेलले जोड दिनु भयो । नेपाललाई शुसासन,विकास र सम्वृद्धिको क्षेत्रमा अघि बढाउन गैर आवासीय नेपालीहरुको…

एनआरएनए सचिवालयलाई बलियो, संगठित र पारदर्शी बनाउन मैले भूमिका खेल्छु
डा.ज्ञानेन्द्र रेग्मी, सचिवका उम्मेदवार (एनआरएनए)

  गैरअवासीय नेपाली संघमा पछिल्लो समय विज्ञहरु नेतृत्वमा आउने प्रयास गरेका छन् तर तुलनात्मक रुपमा उनीहरुले जितेर आउने गरेको भने कम पाइन्छ । एनआरएनएको प्रभावकारीता बढाउन पनि नेतृत्वमा विज्ञ व्यक्तिहरुको खोजी गरिनु पर्दछ भन्ने अवाज पछिल्लो समय उठने गरेको छ । तर त्यसमा राजनीतिक प्रभावको कारण उनीहरुको उपस्थिति सधै नगण्य मात्रामा हुने गरेको छ ।   यस पटकको निर्वाचनमा अष्टे«लियाबाट त्यहाँको न्युसाउथ वेल्स राज्य सरकारका जलस्रोत विज्ञको रुपमा काम गरिरहनु भएका डा.ज्ञानेन्द्र रेग्मीले एनआरएनएको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिनु भएको छ । जलस्रोत व्यवस्थापन विषयमा विद्यावारिधी गर्नु भएका रेग्मीले नेपालमा जलस्रोत विकास र व्यवस्थापनमा एनआरएनएको माध्यमबाट योगदान गर्न…