सेफ सन्तोष साह पक्राउ बैंकिङ कसुर आरोप
आर्थिक परिवेश

३० जेठ, काठमाडौं । बैंकिङ कसुर सम्बन्धी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति महोत्तरीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध बैंकिङ कसुरको आरोपमा पक्राउ पुर्जी जारी गरेपछि उनलाई पक्राउ गरिएको हो। मुद्दाको विवरणअनुसार, गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद–बिक्रीसम्बन्धी कारोबारमा साहमाथि रकम भुक्तानी नगरेको आरोप लागेको छ। उनले उक्त रेष्टुरेन्ट करिब १ करोड ३० लाखमा खरिद गरेको भए पनि सम्झौताअनुसारको सम्पूर्ण रकम नतिरेको दाबी गरिएको छ। रेष्टुरेन्ट बिक्रीकर्ता सकुन्तला अधिकारी (थापा) ले बाँकी रकम नपाएको भन्दै साहविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा अदालतले पक्राउ अनुमति जारी गरेको हो। त्यसपछि अनुसन्धान अघि बढाउँदै…

काम शुरू नगर्ने ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस
आर्थिक परिवेश

२९ जेठ, काठमाडौँ ।  उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस गरेको छ । सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनाअनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन शाक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराजभक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरेको हो । विद्युत् खरिद सम्झौता (पिपीए) गरेर पनि लामो समयसम्म निर्माणमा नगई ‘झोलामै लाइसेन्स’ राख्ने प्रवर्द्धकमाथि उक्त कदम चाल्न सिफारिस गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । समितिले शून्य प्रगति रहेका एक हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) रद्द गर्न राय दिएको हो । समितिले २०७६ सालभन्दाअघि अनुमति लिएर हालसम्म…

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छ अर्थमन्त्री वाग्ले
आर्थिक परिवेश

२६ जेठ काठमाडौँ ।    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटल ब्रान्ड “द रिट्च कार्लटन” नेपाल भित्रिनु सुखद् भएको बताउनुभएको छ। सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताउनु भएको हो । काठमाडौँको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो दिन उहाँहरू बीच मन्त्रालयमा भेटघाट भएको हो । भेटमा अर्थमन्त्री डा‍.वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका  नेपाल गन्तव्य थपिदिएकामा धन्यवाद दिनुभयो । द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्ने पनि उहाँले बताउनुभयो । नयाँ सरकारले लगानी मैत्री वातावरणका लागि काम गरिरहेको भन्दै…

सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु चार करोड बालबालिका जोखिममा
आर्थिक परिवेश

१७ जेठ,काठमाडौँ ।    आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो । डब्ल्युएचओ सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका हुन्। सन् १९८७ मा विश्व स्वास्थ्य सभाले पारित गरेको प्रस्ताव डब्लुएचए ४०.३८ ले सन् १९८८…

कुल गार्हस्थ उत्पादन वृद्धिदर ३.८५ प्रतिशत हुने
आर्थिक परिवेश

०६ जेठ, काठमाण्डौ ।   चालु आव राष्ट्रिय कुल गार्हस्थ उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांक अनुमान अनुसार चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसतभन्दा राम्रो हुने देखिएको छ । चालु आवमा बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ५.४० प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ । गण्डकीको ५.०१ प्रतिशत हुनेछ । अन्य प्रदेशमध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धिदर मधेसको हुने कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिनु भयो । यस आर्थिक बर्षमा मधेसको १.३१ प्रतिशत कोशीको ३.१३, लुम्बिनीको २.८७, कर्णाली २.९४ र…