नेपाली युवा उद्यमी मञ्चकाे अध्यक्षमा सहारा जोशी
आर्थिक परिवेश

२६ असार,काठमाडौं।  नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) काे अध्यक्षमा सहारा जोशी निर्वाचित हुनु भएकाे  छन । उहाँ  महिला लक्षित इ-कमर्स प्लेटफर्म तभीसीकी सहसंस्थापक र हिमालयन ब्याम्बोकी सीइओ हुनुहुन्छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको छोरी सहारा आठ वर्षदेखि हिमालयन ब्याम्बोमा आबद्ध रहदै अाउनु भएकाे छ। उहाँले तभीसी गत वर्ष मार्चमा साथी पलास जोशीसँग मिलेर स्थापना गर्नु भएकाे थियाे। मञ्चले गत आइतबार वार्षिक साधारणसभा गर्दै नयाँ अध्यक्ष चयन र राष्ट्रिय गभर्निङ काउन्सिल गठन गरेको हो। नयाँ राष्ट्रिय गभर्निङ काउन्सिलमा तात्कालिन पूर्वअध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, द्वितीय उपाध्यक्ष निभिता प्रधान र महिला उपाध्यक्षमा…

रेडियो फ्रिक्वेन्सी प्राकृतिक स्रोत : रोयल्टी बाँडफाड गर्ने वित्त आयोगकाे निर्णय
आर्थिक परिवेश

२४असार,काठमाडौं । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले रेडियो फ्रिक्वन्सीको रोयल्टी बाँडफाड गर्ने निर्णय गरेको छ । आयोगको शुक्रवारको बैठकले अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार त्यसतो निर्णय गरी रेडियो फ्रिक्वन्सी रोयल्टी रकम संघलाई ५० प्रतिशत, प्रदेशलाई २५ प्रतिशत र स्थानीय तहलाई २५ प्रतिशतका दरले बाँडफाड गर्ने निर्णय गरेको आयोगका सदस्य जुद्ध बहादुर गुरुड.ले जानकारी दिनु भयो । आयोगले जनसंख्या,भूगोल,बिटिएस टेलिफोन टावर,मोबाइल फोन प्रयोगकर्ता घरसंख्याको आधारमा रोयल्टी रकम बाँडफाड गर्ने निर्णय गरेको हो । गत आर्थिक बर्षमा यस्तो रोयल्टी ३ अर्ब ३६ करोड ५ लाख ५२ हजार ३ सय ९६ रुपैया संकलन भएको थियो । यस्तो रोयल्टी नेपाल टेलिकम,एनसेल,…

एसियाली विकास बैङ्कले नेपाललाई ४६ अर्ब सहुलियत ऋण दिने
आर्थिक परिवेश

 २१ असार, काठमाडौँ ।  सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी पूर्व जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्सार तथा लजिष्टिक्स सुधार कार्यक्रम अन्तर्गत एसियाली विकास बैङ्कबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन र सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न…

बिहिवार १० अर्ब रूपैयाको विकास ऋणपत्र जारी हुने
आर्थिक परिवेश

२० असार, काठमाडौँ ।   नेपाल राष्ट्र बैंकले यही असार २१ गते  बिहिवार १० अर्ब रूपैयाको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८६ ‘च’ निष्काशन गर्न लागेको हो । छ वर्षे अवधिको यो विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले समेत खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइनेछ ।…

इमानदार प्रयास र पहलबाट चुनौतीलाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री
आर्थिक परिवेश

१५ असार , पोखरा ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार गठनको ६ महिनाको अवधिमा सरकारले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेकोले दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई  अवसरमा बदल्न सकिने बताउनु भएको छ। शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले आर्थिक वर्ष २०८०।८१ को बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधि सभामा आफूले निराशा र कुण्ठा होइन, आशा र विश्वासका साथ अघि बढ्नुको विकल्प नभएको बताउनुभएको स्मरण गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘६ महिनाको अवधि सरकारको समग्र मूल्याङ्कनका निम्ति पर्याप्त होइन, यद्यपि यस अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा महत्वपूर्ण कामहरू भएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी…