भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा
आर्थिक परिवेश

 १४ असार, भैरहवा ।  सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको लगानीमा भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा आएको छ । साढे २ अर्ब रुपैयाँ लगानीमा चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा विभिन्न सेवाहरू सहित ८५ कोठा सहितको लुम्बिनी घुमघाम गर्न आउने पर्यटक र व्यापारिक वर्गलाई लक्षित गर्दै पाँच तारे होटल निर्माण गरिएको हो । विगत लामो समयदेखि कटेज रेस्टुराँ, तीनतारे र चार तारे स्तरका होटल सञ्चालन गर्दै आएको यस ग्रुपको ४ बिघा क्षेत्रफलमा फैलिएको यो पहिलो पाँचतारे होटल हो । कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माण ढिलाइ हुँदा लागत बढेको सिद्धार्थ ग्रुपका सिइओ कृष्ण न्यौपानेले बताउनुभयो । सो होटलमा…

विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्नेमा प्रधानमन्त्रीकाे जाेड
आर्थिक परिवेश

१२ असार,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिनुभएको छ । त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवसको अवसरमा आयोजित बैठकलाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीको आधारभूत दायित्व भएको स्मरण गराउनुभएको छ । “विश्वविद्यालयले शैक्षिक क्यालेन्डर बनाई सोहीअनुसार कार्यान्वयन गरोस”, बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीलाई विशेष रूपले निर्देशित गर्दछु ।” कुलपतिको हैसियतबाट आफूले नेपालका विश्वविद्यालयका शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक पक्षलाई गम्भीरतापूर्वक नियाएको…

काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
आर्थिक परिवेश

११ असार, काठमाडौँ।  काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आइतवार नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ । महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो । काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हलुका पेयपदार्थ उद्योग (कोकाकोला, पेप्सीकोला, फ्रुटी आदि) घरेलुमा दर्ता भएका  ५० हजार कर तिर्नुपर्नेछ । घरेलु उद्योगबाट उत्पादन हुने सोडा आदि हलुका पेयपदार्थ उत्पादन गर्ने उद्योगको नवीकरणका रुपमा वार्षिक शुल्क रु दुई हजार, डिस्टिलरी उद्योगलाई रु ५० हजार, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई रु पाँच हजार र…

प्रतिव्यक्ति नागिरककाे टाउकाेमा ७४ हजार पाँच सय १६ बराबर ऋण
आर्थिक परिवेश

०६,असार काठमाडौं ।  नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको उल्लेख गरेको छ । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये दुई खर्ब ४० अर्ब आन्तरिक र दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य उठाउने…

कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो
आर्थिक परिवेश

५ असार, काठमाडौं । विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ । अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको हो । विशेष अदालतले यसअघि नै उनीहरुमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो । दामासाहीले भाग लगाउँदा हरेकले २ अर्ब ५ करोड ४६ लाख ९८ हजार ९४९ रुपैयाँ बिगो…