अलैँचीको मूल्य बढ्यो, किसान–व्यवसायीलाई राहत
आर्थिक परिवेशझापा । ‘कालो सुन’ले परिचित कृषि वस्तु अलैँचीले तीन वर्षपछि केही सन्तोषजनक मूल्य पाएको छ । लगातार ओरालो लागेको मूल्यमा यस वर्ष वृद्धि हुन थालेपछि सम्बद्ध किसान–व्यवसायीले केही राहत महसुस गरेका छन् । यस वर्ष भारतीय बजारमा अलैँचीको माग उच्च रहेकाले नेपाली अलैँचीले राम्रो मूल्य पाएको बताइएको छ । भारतमा मात्रै होइन अन्तर्राष्ट्रिय बजार बङ्गलादेश र दुबईमा समेत अलैँचीको माग बढ्दो रहेकोले नेपाली अलैँचीको मूल्य बढ्दै जाने अनुमान व्यवसायीहरूले गरेका छन् । अलैँची किनबेच हुने यो मुख्य सिजनमा पछिल्लो तीन वर्षमा प्रतिमन २२ देखि ३० हजार रुपैयाँ सम्ममा किनबेच भएको थियो भने यस वर्ष प्रतिमन ४५ हजारमाथि किनबेच भइरहेको निर्यातकर्ता बिर्तामोडका…
‘ढोरपाटन जति घुमे पनि धित मर्दैन’
आर्थिक परिवेशगलकोट । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दसैँ, तिहारका समयमा सो स्थान घुम्ने पर्यटकमा वृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित ढोरपाटन उपत्यका, ढोरबारही मन्दिरलगायतका रमणीय क्षेत्रको अवलोकनका लागि त्यहाँ पुगेका छन् । ढोरपाटनमा सडकको सहज पहुँच, होटेल, सामुदायिक घरबास र सञ्चार सुविधा पुगेसँगै थप आकर्षण बढ्न थालेको हो । यस वर्ष ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन धेरै भएको स्थानीयवासी गगन पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण केही…
नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढ्यो
आर्थिक परिवेशकाठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ । यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो । झण्डै ९५ किमी लम्बाइको सडक तीन प्याकेजमा गरी निर्माण गर्ने योजना बनाइएको छ । यी तीन प्याकेजमा सडक र पुल दुवैको विस्तार र सुधार समेटिने नागढुङ्गा–मुग्लिन सडक योजनाका प्रमुख किरण कार्कीले बताउनुभयो । यो सडक निर्माणका लागि अहिले अध्ययन सकिएर ठेक्काको चरणमा छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको हो । विभिन्न प्याकेजमध्ये कुनै मूल्याङ्कन त कुनै मूल्याङ्कन…
सरकारले तोकेको मूल्य पाउँदैनन् किसान
reporterदेउखुरी । सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले खरिद गरिरहेका छन् । घोराही–६ का किसान लबरु चौधरीले मोटो धान रु दुई हजार ३०० क्विन्टलमा बिक्री गर्नुभएको छ । धान खेती गर्ने किसानको मेहनत, मल, बीउमा लगाएको लगानीसमेत नउठ्ने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो । ट्र्याक्टरले खेत जोतेको, थ्रेसरले दाएको पैसा पनि नउठ्ने भयो । “वर्षभरिको खर्च धान बेचेको पैसाले चल्ने गरेको थियो । धानको मूल्य नपाउँदा मेहनत र लगानी सबै खेर गयो”, उहाँले भन्नुभयो । लमही नगरपालिका–३ का किसान रुपनी चौधरीले यसपालि खेती गर्ने समयमा राम्रो पानी परेकाले उत्पादन बढ्ने आशा गर्नुभएको थियो । गत वर्षभन्दा पाँच…
तीस बर्ष देखिको ‘धर्म भकारी’ जोगाउँदै गाउँलेहरू
आर्थिक परिवेशपर्वत । पर्वतको ठाना मौलामा विगत ३० वर्षदेखि देखि सुरु गरिएको ‘धर्म भकारी’, अन्नको संरक्षण गर्ने परम्परा अहिले पनि गाउँलेहरूले जोगाइरहेका छन् । समयको परिवर्तनसँगै समाजका कतिपय सांस्कृतिक परम्परा, प्रविधि लोप हुँदै गए पनि यहाँका बासिन्दाले ‘धर्म भकारी’ लोप हुन दिएका छैनन् । ३० वर्ष अगाडी गाउँको ढुकुटीको रुपमा ४/४ माना अन्न उठाएर शूरु गरिएको ‘धर्म भकारी’मा अहिले सम्म ४० मुरी कोदो सङ्कलन भएको छ । वर्खे खेती लगाउने समयमा घरमा अन्नपात सकिएमा गाउँले भेला भएर यही अन्न पैँचो लगेर काम चलाउँछन् भने हिउँदमा सबैले आफूले लगेको अन्नमा केही थपेर ‘धर्म भकारी’ लाई फिर्ता गर्ने चलन अहिले सम्म चलिआएको छ ।…