राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्धन महोत्सव पाँच दिन थप
आर्थिक परिवेशमंसिर ११ ,मणिग्राम । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्धन महोत्सव पाँच दिन थप गरिएको छ । मेलामा अहिलेसम्म नौ करोड बढीको आर्थिक कारोबार भएको आयोजकको दाबी छ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि जारी महोत्सवमा हालसम्म २ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेको अध्यक्ष गुणनिधि भण्डारीले जानकारी दिनुभयो । ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम् पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५ दिन थप गरिएको आयोजकले जनाएको छ । दीपावलीलगायतका कारणले दर्शक र व्यवसायीको मागअनुसार १७ गते आइतबारसम्म मेला…
चार महिनामा नेपालकाे व्यापार घाटा चार खर्ब ६१ अर्ब ९४ करोड
आर्थिक परिवेश०८ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधि सम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार यस अवधिमा नेपालले कूल चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रूपैया बराबरको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार रूपैया बराबरको वैदेशिक व्यापार गरेकाे छ । यस अवधीमा नेपालले पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख रूपैया बराबरको आयात गरेको छ भने ५० अर्ब ५६ करोड ५३…
चार महिनामा सवा अर्बको सिमेन्ट र क्लिकंर निकासी,नगद अनुदानले बढ्याे सिमेन्टको व्यापार
आर्थिक परिवेश०७ मंसिर,काठमाडौं। चालु आर्थिक वर्षको चार महिनामा नेपालबाट १ अर्ब १३ करोड रूपैया बराबरको ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ। भन्सार विभागले बिहीबार प्रकाशन गरेको तथ्यांक अनुसार नेपालबाट ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएकाे उल्लेख छ । नेपालले २०७९ साउनदेखि सिमेन्ट निर्यात थालेको थियो। गत आर्थिक वर्षमा ७७ करोड ९३ लाखको भारत पठाएकोमा चालु वर्षको चार महिनामै एक अर्ब १३ करोडको निर्यात गरेको छ। केही वर्षअघिसम्म नेपाल सिमेन्ट र क्लिंकरमा परनिर्भरताकाे अवस्थामा थियो। विभागका अनुसार चार महिनामा ५८ करोड ५७ लाख बराबरको १ लाख ७४ हजार टन क्लिंकर र ५४ करोड ४९ लाख…
झापामा केरा खेतीबाट युवाहरूले राम्राे कमाइ गर्दै, एकै फार्मबाट ३ कराेड बढीकाे बिक्री
आर्थिक परिवेश२९ कार्तिक, झापा । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ । भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती गर्नुभएको हो । भद्रपुरको खेतबाट एउटा यामको उत्पादन चाडबाडकै अवसरमा बजारमा पुगिसकेको छ भने गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको कम्पनीका अध्यक्ष वासुदेव उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार भद्रपुरको केराखेतीमा दसैँ र तिहारको समयमा २८ हजार घरी केरा…
भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रियाे
आर्थिक परिवेश२८ कार्तिक , वीरगंज । तिहारलाई लक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आईसिपीबाट सुख्खा फलफूल, ड्राई फ्रुट्स, भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रिएको छ । एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ । यस अवधीमा केरा, स्याउ, अनार लगायतका फलफूलहरू झण्डै ९० करोड भन्दा बढीको भित्रिएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटिकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले…