
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायाे
आर्थिक परिवेश४ साउन,काठमाडौं । नेपाली बजारमा बिहिवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बिहीबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सुनको मूल्य गत जेठ १९ गते तोलामा १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको थियो। बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ९५ रुपैयाँ पुगेको छ। यो बुधबारको मूल्यभन्दा ५ रुपैयाँ बढी हो। बुधबार प्रतितोला १४ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो। चाँदी बुधबार प्रतिऔंस २४.९९ डलर रहेकोमा बिहीबार २५.१ डलर कायम छ।

पाँचतारे होटल, विदेशी मदिरा र १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत शुल्क
आर्थिक परिवेश०१ साउन, काठमाडौं । साउन १ गतेदेखि पाँचतारे होटल, विदेशी मदिरा र १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि,२०८०’ साउन १ देखि कार्यान्वयनमा ल्याउदै त्यस्तो शुल्क लाग्ने जनाएको हो । आर्थिक ऐन, २०८० को दफा २१ मा पाँचतारे वा सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा र १० लाखभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहनाको कारोबारमा विलासिता शुल्क लगाउने उल्लेख छ । आर्थिक ऐनको सोही व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि ल्याएको हो । कार्यविधिअनुसार सम्बन्धित करदाता सेवा कार्यालय, आन्तरिक…

इन्धनमा स्वचालित बिक्री मूल्य लागू
आर्थिक परिवेश३१ असार , काठमाडौं । नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागू हुने गरि स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो। अबदेखि प्रत्येक महिनाको १ र १६ तारिखमा भारतबाट प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ। आइतबार बसेको निगमको संचालक समितिको २३३५औं बैंठकले स्वचालित बिक्री मूल्य सम्बन्धी कार्यविधि-२०८० पास गरेको छ। निगमले आजै राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलको मूल्य ६ रुपैयाँ घटाएको छ। अब काठमाडौंमा प्रति लिटर १६४ रुपैयाँमा पेट्रोल पाइने छ। तराईमा १६१.५० रुपैयाँ (क वर्ग),…

नेपालको पहाडी क्षेत्रको पानी हङकङ र मकाउ निर्यात शुरु
आर्थिक परिवेश२३ असार, काठमाडौं । निर्यातकाे संभावना रहेकाे नेपालकाे पहाडी क्षेत्रमा उत्पादित बोतलबन्द पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताउनुभयो । हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको हो । हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० देखि एक सय रुपैया पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास उत्पादक कम्पनीले लिएको छ । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च…

पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य घट्याे
आर्थिक परिवेश१८ असार, काठमाडाै। नेपाल आयल निगम लिमिटेडले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर ७ रुपैयाँ ५० पैसा, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।