
सुन प्रतितोला एक लाख नजिक
आर्थिक परिवेशकाठमाडौँ । नेपाली सुनचाँदी बजारमा सोमवार छाप भएको सुनको मूल्य करिव एक लाख नजिक पुगेको छ । यस दिन सुनको अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला चार सयले बढेर किनबेच भएको छ । आइतवार सुन प्रतितोला ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य सोमवार बढेर प्रतितोला ९९ हजार नौ सय पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार सोमवार तेजाबी सुनको कारोवार प्रतितोला ९९ हजार चारमा भयो । आइतवार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा सोमवार प्रतितोला १५ रुपैयाले बढेर एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको…

पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले सिम परिवर्तन गर्न चाहे निःशुल्क ई–सिम उपलब्ध हुने
आर्थिक परिवेशकाठमाण्डौ । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि र मागलाई ध्यानमा राखी मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण गरिरहेको जनाएको छ । ई–सिम नेपाल टेलिकमले २०७९ भदौ ३१ गतेदेखि काठमाडौको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण शुरु गरेको थियो । हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहनुभएका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले भने सिम परिवर्तन गर्न चाहेमा कम्पनीले निःशुल्क ई–सिम उपलब्ध गराइरेहको नेपाल टेलिकमले जनाएको छ । मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा…

१६ उत्कृष्ठ करदाताहरुलाई सरकारको सम्मान, सबै भन्दा बढी राजस्व तिर्ने कम्पनीको रुपमा सूर्य नेपाल पुरस्कृत
आर्थिक परिवेशकाठमाण्डौ । सरकारले आर्थिक बर्ष २०७७ र ७८ मा सबै भन्दा बढी कर तिर्ने १६ करदाताहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । राष्ट्रिय कर दिवस २०७९ को समापनको अवसरमा नेपाल सरकार अर्थ मन्त्रालयलका अर्थसचिव कृष्णहरी पुष्करले करदाताहरुलाई पुरष्कृत गर्नु भयो । आन्तरिक राजस्व विभागमा आयोेजित कार्यक्रमका बीच आर्थिक वर्ष २०७७ र ७८ मा सबै भन्दा बढी आन्तरिक राजस्व तिर्ने कम्पनीको रुपमा सूर्य नेपाल पुरस्कृत भएको छ । त्यसैगरी व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा जावलाखेल गु्रप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयकुमार शाह रहनु भएको छ । उहाँको कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक, रुस्लान भोड्का, बडवाइजर वियर लगायतका मदिरा उत्पादन गर्ने गर्दछ ।…

नेपालको जेठो बैंक नेपाल बैंक ८६ बर्षमा प्रवेश
आर्थिक परिवेशकाठमाडौं । देशको सबै भन्दा पुरानो (जेठो) बाणिज्य बैक नेपाल बैंक ८५ बर्ष पुरा भैे ८६ औं बर्षमा प्रवेश गरेको छ । सन् ११५७ मा बैक अफ भेनिसले विश्वको पहिलो बाणिज्य बैकको रुपमा सेवा दिन शुरु गरेको भए पनि १७ औ शताब्दीमा विश्वमा बैकले व्यापकता पाएको थियो यता नेपालमा भने बैंक आइपुग्न ८ सय ६५ बर्ष लागेको छ । नेपालमा बिक्रम संबत १९९४ कार्तिक ३० गते नेपाल बैकको स्थापना भै बैकिड. सेवाको आरम्भ भएको हो । सार्वजनिक निजी साझेदारी(पिपिपी) मोडलमा सुरु भएको नेपाल बैंकमा तत्कालिन अवस्थामा १० जना लगानीकर्ता जम्मा भै बैकको आरम्भ भएको थियो । ८ लाख ४२ लाख…

सामूहिक सन्देश सेवा प्रभावकारी भएको छ टेलिकम
आर्थिक परिवेशकाठमाण्डौ । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश सेवा प्रभावकारी बनेको बताएको छ । यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ । यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ । यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत १ हजार,करबाहेकमा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिन्छ ।…