एक वर्षमा साढे ३ हजार किलो सुन नेपाल भित्रियाे
आर्थिक परिवेश

८ साउन, काठमाडौं ।  नेपालमा एक वर्षमा साढे ३ हजार किलो सुन वैधानिक प्रणालीबाट आयात भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्‍कअनुसार नेपालले ४३ अर्ब ८९ करोड रुपैयाँ बराबर मूल्यको सुन नेपाल भित्रिएको जनाएकाे हाे । विभागका अनुसार उक्त परिमाणको सुन आयातबाट सरकारले ३ अर्ब १२ करोड रुपैयाँ हाराहारी राजस्व समेत संकलन गरेको छ । सरकारले ल्याउन दिने कोटा अनुसार बैंकहरुले २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए भने यात्रामा गएका तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले भन्सार तिरेर ल्याएको सुनको मूल्य २१ अर्ब ५४ करोड रुपैयाँ बराबर रहेको विभागले जनाएको…

झण्डै एक सय किलो सुन बरामद धेरै सुन बरामद पहिलो घटना
आर्थिक परिवेश

४ साउन,काठमाडौँ ।  राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसहित छ जना  रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाले  उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी रहेकाे जानकारी दिनु भयाे  । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको…

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायाे
आर्थिक परिवेश

४ साउन,काठमाडौं ।  नेपाली बजारमा  बिहिवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बिहीबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सुनको मूल्य गत जेठ १९ गते तोलामा १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको थियो। बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ९५ रुपैयाँ पुगेको छ। यो बुधबारको मूल्यभन्दा ५ रुपैयाँ बढी हो। बुधबार प्रतितोला १४ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो। चाँदी बुधबार प्रतिऔंस २४.९९ डलर रहेकोमा बिहीबार २५.१ डलर कायम छ।

पाँचतारे होटल, विदेशी मदिरा र १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत शुल्क
आर्थिक परिवेश

०१ साउन, काठमाडौं ।  साउन १ गतेदेखि पाँचतारे होटल, विदेशी मदिरा र १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि,२०८०’ साउन १ देखि कार्यान्वयनमा ल्याउदै त्यस्तो शुल्क लाग्ने जनाएको हो । आर्थिक ऐन, २०८० को दफा २१ मा पाँचतारे वा सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा र १० लाखभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहनाको कारोबारमा विलासिता शुल्क लगाउने उल्लेख छ । आर्थिक ऐनको सोही व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि ल्याएको हो । कार्यविधिअनुसार सम्बन्धित करदाता सेवा कार्यालय, आन्तरिक…

इन्धनमा स्वचालित बिक्री मूल्य लागू
आर्थिक परिवेश

३१ असार , काठमाडौं ।  नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागू हुने गरि  स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो। अबदेखि प्रत्येक महिनाको १ र १६ तारिखमा भारतबाट प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ। आइतबार बसेको निगमको संचालक समितिको २३३५औं बैंठकले स्वचालित बिक्री मूल्य सम्बन्धी कार्यविधि-२०८० पास गरेको छ। निगमले आजै राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलको मूल्य ६ रुपैयाँ घटाएको छ। अब काठमाडौंमा प्रति लिटर १६४ रुपैयाँमा पेट्रोल पाइने छ। तराईमा १६१.५० रुपैयाँ (क वर्ग),…