शेयर बजारमा तिब्र वृद्धि ३ पटककाे सकारात्मक सर्किट पछि काराेवार स्थगित
आर्थिक परिवेश

२१ फागुन, काठमाडौं ।  सत्ता गठबन्धन फेरिएपछि शेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको छ । बजारमा ३ पटक सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको छ । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलाे पटक  स्थगित भएकाे २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ : ०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका…

नयाँ सत्ता गठबन्धनकाे प्रभाव बजार खुल्ना साथ नेप्से परिसूचक ७९ दशमलव २९ अङ्कले बढयाे
आर्थिक परिवेश

२१ फागुन, काठमाडौं ।  राजनीतिक उतारचढावका बीच धितोपत्र बजारकाे शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च् अंककाे  वृद्धिपछि कारोबार नै रोकिएको छ । आज बजार खुलेको केही समयमै  नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ । कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार सुरु हुने बित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतवार नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर काराेवार
आर्थिक परिवेश

२० फागुन, काठमाडौ ।   साता  पहिलो  कारोबारदिन आइतवार  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतवार नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० को बिन्दुमा कायम भएको छ । यस दिन तीन सय नौ कम्पनीहरूका ५५ लाख ७४ हजार दुई सय सात कित्ता शेयरहरू  दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ रूपैयामा किनबेच भएका छन् । होटल तथा पर्यटन समूह शून्य दशमलव ५४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६६ प्रतिशतले बढेका छन् भने अरू सबै समूहको उपसूचक घटेको छ । यस दिन सबैभन्दा धेरै व्यापार…

शेयर बजारमा उच्च अंककाे गिरावट
आर्थिक परिवेश

 फागुन १३ , काठमाडाैं ।   साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको छ । गत मङ्सिर अन्तिम साताको कारोबारयता आइतवार पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो । यस दिन विभिन्न तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार कित्ता शेयरहरु तीन अर्ब आठ करोड ६९ लाख ५१ हजार रुपैयामा किनबेच भएका छन् । आइतवार वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन्…

बिहिवार शेयरबजारकाे परिसूचक उच्च अंकले घटयाे
आर्थिक परिवेश

१० फागुन, काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ७६ अङ्कले ओरालो लागेर दुई हजार पाँच दशमलव ८३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ४९ अङ्कले ओरालो लागेर तीन सय ५९ दशमलव ५७ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कूल ९५ लाख १८ हजार ७५ कित्ता शेयर  तीन अर्ब २० करोड ६१ लाख ६७…