महराविरुद्ध ८ करोड ५५ लाख विगाे र ३ वर्ष बढी कैद माग
आर्थिक परिवेश

२७ असाेज काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिनु भयाे  । उहाँ विरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई अाइतवार पक्राउ गरेको थियो । उहाँ माथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।…

बिपि राजमार्ग मंगलवारबाट २४ सै घण्टा सञ्चालन हुने
आर्थिक परिवेश

०१ असाेज, काभ्रेपलाञ्चोक।   यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग  असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ । कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो । मनसुनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत…

नवनियुक्त तीन मन्त्रीहरु बाट पद तथा गोपनीयताको शपथ
आर्थिक परिवेश

३० भदौ काठमाडौँ  ।   नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँहरुलाई आइतबार साँझ नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ । खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी…

भाेली ३ मन्त्री थपिने संभावना
आर्थिक परिवेश

     २९ भदाै, काठमाडाैं ।    प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिमण्डल बनाउनु हुने भएकाे छ । पदभार ग्रहण गरेकै दिन उहाँले तीन अलगअलग क्षेत्रका प्रतिष्ठित व्यक्तिको नाम मन्त्रीका लागि टुंगो लगाउनु भएकाे  हाे । अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्यालले गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाउने करिव पक्का भएकाे छ । पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय सम्हाल्नु हुने भएकाे  छ। यस्तै कुलमान घिसिङले तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु भएकाे  छ। उहाँले अब भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालय उनले सम्हाल्ने करिव टुडगाे लागेकाे छ। प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल…

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिनु भयाे
आर्थिक परिवेश

  २७ भदाै, काठमाडौँ ।   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।