
मौद्रिक नीतिको समीक्षा मुलुकको अर्थतन्त्र थप चलायमान हुने गर्भनरको दाबी
आर्थिक परिवेश२२ मंसिर, काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको चाैमासिक समीक्षा गर्दै विभिन्न क्षेत्रका नीतिगत दरहरु घटाउने निर्णय गरेको छ । राष्ट्र बैंकले विद्यमान मौद्रिक नीतिको समीक्षा गर्दैे बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरि बैंकदरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत बनाउने भएकाे छ । मौद्रिक नीतिको समीक्षाले नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरेको छ । मौद्रिक नीतिले अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत राखेको छ । राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको घर कर्जामा किस्ता अनुपात ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पु¥याउनुका…

वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात र जाँचपास बढ्याे
आर्थिक परिवेश१७ मंसिर,वीरगञ्ज । मुलुकको आर्थिक गतिविधि चलायमान बन्दै गएपछि वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात बढ्नुको साथै सवारी साधनको जाँचपास हुने क्रम समेत बढेर गएको छ । चालु आर्थिक वर्षको ४ महिनामा वीरगञ्ज नाकाबाट १ हजार २७ थान जीप, कार, भ्यान, बस र ट्रकका चेसिस एवं टिपर लगायतका सवारी साधन जाँचपास भएका छन् । ८ हजार ८ सय ६९ थान मोटर साइकल वीरगञ्ज नाका हुँदै जाँचपास भई मुलुकका विभिन्न स्थानमा गएका छन् । यसबाट ३ अर्ब ६४ करोड ९९ लाख ४१ लाख राजस्व असुली भएको छ । वीरगञ्ज भन्सार कार्यालय आईसिपीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष ४ महिनामा वीरगञ्ज हुँदै…

पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण
आर्थिक परिवेश१२ मंसिर, काठमाडौं । होटल संघ नेपाल (हान)को नेतृत्वमा पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ । हानका अध्यक्ष अध्यक्ष विनायक शाहको नेतृत्वमा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सञ्जाल टुगेदर फर टुरिजमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राहत हस्तान्तरण गरेको हो । यो राहत जाजरकोट तथा रुकम पश्चिमका भूकम्प पीडितका लागि संकलन गरिएको हो । प्रधानमन्त्री प्रचण्डले यो राहतले भूकम्प पीडितको जीवनयापनमा सहयोग पुग्ने बताउनु भयाे । उहाँले पर्यटन क्षेत्रका छाता संगठनको सञ्जालबाट यस क्षेत्रको विकास र विस्तारमा योगदान हुने बताउँदै उहाँले सञ्जालसँग छिट्टै थप विषयमा छलफल गर्ने पनि बताउनु भयाे । पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट १५ लाख ५६…

सुकुम्बासी समस्या समाधान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । स्वबासी, सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साेमवार नेकपा (माओवादी केन्द्र) को वेबसाइट सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले एक हप्ताभित्र सुकुम्वासी समस्या हल हुने दाबी गर्नुभयो । उहाँले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरे पनि…

भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको प्रबलीकरण सम्पन्न प्रधानमन्त्रीले गर्नु भयाे उद्घाटन (भिडियो)
आर्थिक परिवेश०६ मंसिर, काठमाडौँ । २०७२ सालकाे विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण रेक्टाेफिटिड. गरी सम्पन्न भएको छ । पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्रीले बुधवार सो कार्यालयको उद्घाटन गर्दै नयाँ कार्यालयबाट कार्य प्रारम्भ गर्नु भएकाे छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “यो खाली ठाउँ मात्र सारिएको होइन । कामको प्रकृति र गुण पनि नयाँ ढङ्गले जाने सङ्कल्प पनि यसभित्र रहेको मैले महसुस गरेको छु ।” एक सय २० वर्ष पुरानो यो भवनलाई त्यसको…