
अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकारले निजी क्षेत्रसँग छलफल गर्दै
आर्थिक परिवेश०५ मंसिर, काठमाडौँ । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग आहिले दिउँसो २ बजेबाट प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयाेजना गरेकाे छलफल शुरू भएकाे छ । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निजी क्षेत्रसँग छलफल गर्ने निर्णय गरेको थियाे । यस अघि मंगलवार पत्रकारहरू संग कुरा गर्दै अर्थमन्त्री डा. प्रकासशरण महतलेआन्तरिक संरचनामा के उपलब्धी भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको सुझाव लिने योजना छलफल अायाेजना गरेकाे बताउनु भएकाे थियाे । हिजाे बालुवाटारमा भएकाे बैठक पछि…

संसदीय क्षेत्र विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुृननिर्माणमा खर्च गर्ने
आर्थिक परिवेश२७ कार्तिक, काठमाढौं । सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ रकममा १ अर्ब ७५ करोड समेत थप गरी विपद् व्यवस्थापन कोषमार्फत भूकम्पपछिको पुर्नस्थापना र पुर्ननिर्माणमा खर्च गर्ने निर्णय गरेकाे छ । साेमवार प्नधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय पनि गरेको हो । भूकम्पबाट प्रभावित परिवारको स्वाघोषणा र सम्बन्धित वडाको सिफारिसका आधारमा लाभग्राहीले अस्थायी आवास निर्माण बापत पाउने रकम खाताबाटै प्राप्त गर्न सक्नेछन् । बैठकले नेपालको भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा व्यक्तिको…

असोजमा भित्रियो १ खर्ब ३६ अर्ब रेमिटेन्स, चालु खाता ५९ अर्ब बचतमा
आर्थिक परिवेश२४ कार्तिक, काठमाडौं। असोज महिनामा मात्र नेपालमा १ खर्ब ३६ अर्ब रुपैयाँ बिप्रेषण रेमिटेन्स रकम भित्रिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको विवरण अनुसार असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये १ खर्ब ३६ अर्ब असोजमा भित्रिएको हो। चाडपर्वले गर्दा रेमिटेन्स रकम ह्वात्तै बढेको छ। रेमिटेन्स गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यसपालि ३० प्रतिशतले बढेको हो । बाह्य क्षेत्रमा निक्कै सुधार आएको राष्ट्र बैंकले जनाएको छ। रेमिटेन्सको बढ्दो दर र आयात बढ्न नसकेका कारण बाह्य क्षेत्रमा सुधार आएको हो। असोजमा १ खर्ब ४८ अर्बको आयात भएको छ। आन्तरिक मन्दीले उपभोग्य…

मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा सडक मार्गले जाेडिए
आर्थिक परिवेश१९ कात्तिक,म्याग्दी, । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा सडक मार्गले जाेडिएका छन् । त्यस क्षेत्रकाे विकासमा याे सडककाेशे ढुड.गाकाे रूपमा उदय भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले चार वर्षको प्रयासमा मुस्ताङ र डोल्पा जोड्ने सडक मार्ग खोल्ने काम सकिएको जानकारी दिनुभयो । “मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सिमानामा शनिबार पहिलो पटक ट्याक्टर आवतजावत गरेका छन्,” उहाँले भन्नुभयो “हप्ताँै लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी अब एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा…

नेपालभर कुल ७५ लाख ५२ हजार ६६घर, करिब ६० प्रतिशत घर एक तले
आर्थिक परिवेशकाठमाडौं- नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले साेमवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कुल ७५ लाख ५२ हजार ६६ वटा घर छन्। जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन्। विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ दशमलव १७ प्रतिशत तीनतले घर छन्। नेपालमा एक दशमलव तीन प्रतिशत चारतले, शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले, शून्य दशमलव ०१ प्रतिशत आठदेखि नौतले र शून्य दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर छन्। ‘मधेस प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत छन्…