मुलुकको बेरुजु बर्षेनी बढ्दो गत आर्थिक बर्ष ९.४५ प्रतिशतले बढ्यो
आर्थिक परिवेश३१ बैशाख, काठमाण्डौ । मुलुकको सरकारी बेरुजु रकम अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०८०/८१ मा ९.४५ प्रतिशतले बढेको छ । महालेखा परीक्षकको कार्यालयको ६२ औं वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०८०÷८१ सम्म मुलुकको कुल बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड पुगेको जनाएको छ । यसमध्ये कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु रकम ५ खर्ब ५१ अर्ब २ करोड रुपैयाँ बराबरको रहेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा संघीय मन्त्रालयहरु तर्फ ३ हजार ९३ सरकारी निकायहरुको लेखा परीक्षण गरिएको जनाएको छ । त्यसै गरी प्रदेश मन्त्रालय तथा निकायहरु अन्र्तगत ७ प्रदेशका १ हजार १ सय ६५ निकाय…
प्रदेशस्तरीय युवा सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्र
आर्थिक परिवेश३० बैशाख, मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित ‘प्रदेश युवा सम्मेलन २०८२’ मङ्गलवार सम्पन्न भएको छ। ‘सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन: बागमतीमा युवा सशक्तिकरण’ भन्ने नारासहित तीन दिनसम्म सञ्चालन भएको तेस्रो संस्करणको सम्मेलनले युवा सशक्तिकरण र सहभागिता अभिवृद्धिका विषयमा केन्द्रित गर्दै दस बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। आइतबारदेखि सुरु भएको सम्मेलनमा कृषिमा नवप्रवर्तन र युवा सहभागिता, डिजिटल सुशासन, प्रविधिमा युवाको पहुँच, शिक्षा, सीप र सिर्जनात्मकता, जलवायु परिवर्तनसँग जोडिएको दिगो विकासमा छलपफल भएकाे थियाे । सम्मेलनकाे क्ममा नीति निर्माणमा युवा नेतृत्व तथा ‘मुख्यमन्त्रीसँग युवा’जस्ता विषयमा विज्ञहरूद्वारा प्यानल छलफल र कार्यशाला गोष्ठीहरू सञ्चालन गरिएको थियो। त्यस्तै, गुणस्तरीय, व्यावसायिक तथा नवप्रवर्तनमा आधारित शिक्षा…
परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको कुरा हल्ला मात्रै : राष्ट्रिय परीक्षा बोर्ड
आर्थिक परिवेश२१ बैशाख, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र नबाहिरिएको जनाएको छ । बोर्डले आज एक विज्ञप्ति जारी गर्दै प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक रहेको बताउँदै पुराना र प्रयोग भइसकेका प्रश्नपत्र राखेर भ्रम सिर्जना गरिएको दाबी गरेको छ । आजबाट शुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा शुरु हुन अगावै भक्तपुरको गुण्डुस्थित काठमाडौँ वर्ल्ड स्कुलको विद्यार्थीको मोबाइलमा पठाइएको सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि जिल्ला परीक्षा समन्वय समिति, भक्तपुर पदाधिकारी एवम् जिल्ला प्रशासन कार्यालय र बोर्डबाट खटिएका कर्मचारीहरूद्वारा गरिएको छानबिनमा उक्त सूचना गलत पाइएको बोर्डको भनाइ छ…
विकल पौडेल प्रिन्टिङ मेसिन खरिद प्रकरणमा भ्रष्टाचारी ठहर
आर्थिक परिवेश२१ बैशाख, काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिद प्रकरणमा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले पौडेलसहित तीन जनालाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको आइतबारको इजलासले पौडेललाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । म्याक्स इन्टरनेसनल प्रालि र सो कम्पनीका सीईओ अकबर हुसेन पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेषले अख्तियारको दाबीबमोजिम प्रतिवादीहरूले ४० करोड ७५ लाख ५७ हजार ७ सय ४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको हो । यो रकम दामासाहीले तीन प्रतिवादीबाट असुल्ने फैसलामा उल्लेख…
नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम
आर्थिक परिवेशकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गर्नुभएको थियो । बैठकमा उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू, पूर्व सभामुखहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ): नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all (1) नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-al