प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्ट्रपति सी चिनफिन बीच शिष्टाचार भेटवार्ता
आर्थिक परिवेश१८ मङ्सिर, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा रहनु भएकाे थियाे । त्यसैगरी मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत हुनुहुन्थ्यो । प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चारदिवसीय भ्रमणका क्रममा हिजो अपराह्न यहाँ आइपुग्नुभएको…
नेपाल र चीनबीच व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग लगायत विभिन्न ९ वुंदे सहमतिपत्रमा हस्ताक्षर
आर्थिक परिवेश१८ मंसिर , बेइजिङ (चीन) । नेपाल र चीन बीच व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानका विभिन्न विषयमा सहयोग र सहकार्यसम्बन्धी नाै वुंदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर भएको हो । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुग्नुभएको हो । नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।…
सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा सरकारले जोड दिएको छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश१७ मंसिर काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद ले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताउनु भएको छ । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताउनु भएको हो । अर्थमन्त्री पौडेलले विकास साझेदारहरूको निरन्तर सहयोग र साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जानकारी गराउनु भएको छ । क्रेडिट रेटिङको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको उल्लेख गर्दै अर्थमन्त्रीले यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनुका साथै बाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।…
नेपाल र फिनल्यान्डबीच लगानी परिचालन परियोजना सम्झौतामा हस्ताक्षर
आर्थिक परिवेश१३ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच बिहिवार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भेटवार्तापछि नेपाल र फिनल्यान्डबीच सार्वजनिक लगानी परिचालन परियोजना सम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । फिनल्यान्डको सार्वजनिक लगानी सुविधा योजना अन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्यान्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गर्नु भयाे । नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकास प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तीय परिचालन गर्ने लक्ष्य सम्झौताको छ । अनुदान प्राप्त परियोजना मार्फत नेपालले खानेपानी,…
विदेशस्थित सबै नेपाली नियाेगहरूले आर्थिक कूटनीति प्रवर्द्धन गर्नु आवश्यक छ : परराष्ट्रमन्त्री
आर्थिक परिवेश१२ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरू तथा नेपालका निर्यात व्यवसायीहरूसँग मंगलवार परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा परराष्ट्रमन्त्री राणाले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकाङ्क्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको बताउनु भयाे । परराष्ट्रमन्त्री राणाले आर्थिक कूटनीतिको प्रवर्धनमा लाग्न आग्रह नवनियुक्त राजदुतहरू तथा निर्यात व्यवसायीहरूलाई आग्रह गर्नु भयाे । मन्त्री डा राणाले भन्नुभयो, “विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली…