मानव विकास सूचकाङ्कमा नेपालको अवस्थामा सुधार
आर्थिक परिवेश

०२ चैत्र, काठमाडाैं ।    मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडिआई) मा नेपालको अवस्थामा सुधार देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले बिहीबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास प्रतिवेदनअनुसार नेपाल एक सय ४६औँ स्थानमा छ । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क मान शून्य दशमलव ६०१ छ । जसअनुसार नेपाल मध्यम मानव विकास श्रेणीमा पर्दछ । सन् २०२१ मा नेपाल एक सय ४९औँ स्थानमा थियो । सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकाङ्कमा शून्य दशमलव ०१० ले प्रगति गरेको छ । जुन विश्वव्यापी औसत शून्य दशमलव ००४ भन्दा बढी हो । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकाङ्कको मान…

चीनका विदेशमन्त्री वाङ यी अर्को हप्ता अस्ट्रेलियाको भ्रमणकाे तयारीमा
आर्थिक परिवेश

०१ चैत्र,सिडनी ।   चीन र अस्ट्रेलियाबीच सहज व्यापारिक सम्बन्ध पुनः स्थापनाका लागि चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अष्ट्रेलिया भ्रमण गर्न लाग्नुभएको हो । चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्च पदस्थ अधिकारीको रूपमा अष्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । मानव अधिकार र प्रशान्त क्षेत्रमा चीनको बढ्दो कूटनीतिक तथा सैन्य प्रभावका बाबजुद उहाँको भ्रमण दुई देशबीच सहज व्यापारिक सम्बन्ध स्थापनाका लागि हुन लागेको हो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले व्यापार अवरोध हटाउन ‘उल्लेखनीय प्रगति’ भएको उल्लेख गर्दै बिहीबार पत्रकारहरूसँग भन्नुभयो, “मलाई लाग्छ वाङ यीले अस्ट्रेलिया भ्रमणलाई महत्व दिनु…

रूसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु
आर्थिक परिवेश

०१ चैत्र, काठमाडाैं ।  रूसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएकाे छ । परराष्ट्र मन्त्रालयले उनीहरूकाे मृत्यु भएकाे  बिहिवार  एक विज्ञप्ती प्रकाशित गरी   पुष्टि गरेकाे हाे । मृत्यु हुनेमा उदयपुरका पदमबहादुर घिमिरे, धादिङका पूर्णबहादुर गुरुङ, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, जाजरकोटका नवीन शाही, रसुवाका सुन्दर मोक्तान र बाँकेका सञ्जय केसी रहेका छन् । यसरी रुस र युक्रेनबीचको युद्धका क्रममा रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि मन्त्रालयले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो ।

विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षरकाे तयारी भएको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

३० फागुन, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत् व्यापारको नजिक पुगेको बताउनुभयो । “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ ।” जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै उहाँले संयुक्तराष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र युएईको दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट…

विश्व बैङ्कले नेपाललाई २६ अर्ब ५१ करोड रूपैया बराबरको ऋण सहयोग गर्ने
आर्थिक परिवेश

१९ फागुन, काठमाडौं ।   विश्व बैङ्कले नेपालमा संचालनमा रहेका दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर अर्थात २६ अर्ब ५१ करोड रूपैया बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको शुक्रबारको बैठकले त्यसताे   निर्णय गरेको र उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने  विश्व बैङ्कले जनाएको छ । वाशिङटन डिसीस्थित बैङ्कको प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये एक सय मिलियन (करिब १३ अर्ब २५ करोड  रकम राजस्व सङ्कलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ । प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो…