नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्ने समझदारी 
आर्थिक परिवेश

७ असोज, काठमाण्डौ ।  नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्धिपक्षीय सहकार्य प्रबद्र्धन गर्न नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ को चीन भ्रमणको अवसरमा सिएनआई र सीसीपीआईटीबीच यस्तो समझदारी भएको हो । समझदारी पत्रमा सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाब साओगाबले हस्ताक्षर गर्नुभयो । यस समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरुको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुबैका व्यवसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास…

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिचिन पिड.बीच भेटवार्ता
आर्थिक परिवेश

०७ असाेज,चीन ।  प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड र चीनका महामहिम राष्ट्रपति सि चीनफिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । चीनको साताब्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति सिसँग द्विपक्षीय हितका विविध विषयमा खुल्ला र स्पष्टरुपमा छलफल गर्नुभएको हो । वार्तामा दुबै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र सम्बृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति भयाे । यसैगरी दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ । यस्तैगरी राष्ट्रपति सिले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार…

चीन भ्रमण फलदायी बनाउन आवश्यक गृहकार्य गरिएको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

२४ भदाै, काठमाडौँ।   प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गर्नुभएको छ। आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्रीले बैठकको आव्हान गर्नुभएको थियो। बैठकमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतका राजनीतिक नेताहरू हुनहुन्थ्यो। छलफलमा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा जरुरी रहेको, दुवै देशले एक–अर्काको सुरक्षा लगायत दुई पक्षीय चासोका विषयहरूमा ध्यान दिनुपर्ने सुझाव दिनु भयाे  । उहँहरूले नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयहरूमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने लगायतका विषयहरूमा ध्यान दिनुपर्ने सुझावहरू राख्नुभएको थियो। छलफलमा…

आर्थिक कुटनीति बलियो बनाउन नीजि क्षेत्रको कृयाशिलता आवश्यक
आर्थिक परिवेश

१७ भदौ, काठमाडौं ।  वैदेशिक लगानी ल्याउन र निर्यात प्रवद्र्धन गर्न नेपाली कुटनीतिक नियोग र निजी क्षेत्रबीच सहकार्य हुन पर्नेमा आइतवार काठमाण्डौमा आयोजित छलफल कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कुटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्रको सहकार्य बिषयक छलफलका वक्ताहरुले त्यसतो धारणा राख्नु भएको हो । छलफलमा परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवद्र्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको वताउनुभयो । उहाँले विभिन्न मुलुकका लागि नेपालको तर्फबाट नियुक्त राजदुतहरुले निजी क्षेत्रसंग पनि सहकार्य गर्नु आवश्यक भएको बताउनु भयो । नेपाल सरकार सुरक्षा परिषदका सल्लाहकार…

संयुक्त राष्ट संघमा थापाले पेश गर्नु भयाे ओहोदाको प्रमाणपत्र
आर्थिक परिवेश

१६ भदाै, न्युयाेर्क । संयुक्त राष्ट संघका लागि नेपाली राजदुत महामहिम लाेकबहादुर थापाले महासचिव एन्टाेनियाे गुटेरस समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएकाे छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय शुक्रवार आयोजित विशेष समारोहमा महामहिम  थापाले, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधिकाे रूपमा संयुक्त राष्ट्र संघका महासचिव  एन्टोनियो गुटेर्रेसलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनु भएकाे छ । प्रमाणपत्र पेश गरे पछि राजदूत थापाले महासचिव गुटेरेससँग शिष्टाचार भेट समेत गर्नु भएकाे छ । भेटकाे अवसरमा महासचिवले राजदूत थापालाई बधाई तथा स्वागत गर्नु भएकाे थियाे  । महासचिवले राजदूत थापालाई  संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिको हैसियतमा कर्तव्य निर्वाह गर्न र नेपाल-संयुक्त राष्ट्र सम्बन्धलाई अझ…