अमेरिकाले २४ बर्षमा नेपालमा करिव २ खर्ब लगानी गरयाे
आर्थिक परिवेश

०३ असार, काठमाडौँ ।  संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)  मार्फत सन २००० देखि हालसम्म नेपालको विकासका लागि विभिन्न क्षेत्रमा  एक खर्ब ९६ अर्ब रूपैया सहयोग गरेको छ । युएसएडले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको सशक्तीकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चारका क्षेत्रमा डेढ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरेको जनाएको छ । सन् २०२३ मा स्वास्थ्य, शिक्षा, र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पु¥याएको र थप ५० लाख महिला माझ अप्रत्यक्ष रुपमा आमसञ्चार माध्यमका अभियानलगायत गतिविधि पुगेको युएसएडको तथ्याङ्क छ । युएसएडद्वारा आज यहाँ…

माेदी पुटिनबीच भेटवार्ता : युद्धले समस्याको समाधान गर्न नसक्नेमा माेदीकाे जाेड
आर्थिक परिवेश

२६ असार ,मस्को ,रूस ।   भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताउनुभएको छ । “एक मित्रका रूपमा हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति अत्यन्त महत्त्वपूर्ण छ भनी मैले भनेको छु”, पुटिनसँगै बसेर हिन्दी भाषामा उहाँले भन्नुभयो, “जब निर्दोष बालबालिकाहरूको हत्या हुन्छ, उनीहरू मरेको देख्दा मुटु दुख्छ, त्यो पीडा असह्य हुन्छ ।” आफ्नो मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी अभियानबारे पनि छलफल गरेको बताउनुभयो । “एउटा सच्चा मित्रका रूपमा हामी सँगै थियौँ र धेरै मुद्दामा छलफल गर्‍यौँ”, उहाँले भन्नुभयो, “युक्रेनका बारेमा हामी दुवैले आफ्नो विचार…

विश्वकाे गरिवी तथा विकासका समस्यासंग जुध्न आईडीए बैठक फलदायी हुने
आर्थिक परिवेश

०८ असार, काठमाडाैं  ।    विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) परिपूरण बैठक विभिन्न  निर्णयहरू गर्दै पहिलाे पटक काठमाडाैमा सम्पन्न भएकाे छ  । चार दिनसम्म होटल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ अर्थमन्त्री बर्षमान पुनले समापन गर्नु भएकाे छ । बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नु भएकाे  थियाे । समापन समाराेहमा अर्थमन्त्री पुनले विश्वव्यापी विकास चुनौतीहरू सम्बोधन गर्न समर्पित विकास साझेदार, ऋणी र व्यवस्थापकहरु सहभागी विशिष्ट बैठक आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताउनु भयाे  । दशकौंदेखि गरिबी हटाउन र दिगो विकास हासिल गर्न प्रयासरत आईडीए मुलुकहरुका लागि बैठक उपलब्धीमुलक भएको उल्लेख गर्नु भयाे । बैठकले संसारभरबाट…

उत्पादन र निर्यातमा सुधार हुन नसक्दा मुलुककाे व्यापार घाटाकाे अवस्था निरन्तर बढ्दाे
आर्थिक परिवेश

०८ असार , काठमाडौँ   ।   चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाकाे अवधिमा मुलुकले  १३ खर्ब १४ अर्ब ४४ करोड रूपैया बराबर व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले शुक्रवार  सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यस अवधिमा नेपालले  १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रूपैयाकाे मालवस्तु  आयात गर्दा  एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख रूपैया बराबरको मात्रै निर्यात गरेको छ । विभागका अनुसार ११ महिनामा नेपालले कूल  १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरेको कूल वैदेशिक व्यापारको तुलनामा…

युरोपका नेपाली व्यवसायीहरुले गठन गरे नेपाली व्यवसायी संघ युरोप बेल्जियममा दर्ता
आर्थिक परिवेश

०५ असार ,काठमाडौ ।   युरोपका विभिन्न मुलुकहरुमा व्यवसाय गर्दै आएका गैर आवासीय नेपालीहरुले आआफनो व्यवसायलाई थप प्रर्वद्धन गर्न, लगानी विधिकरण गरी प्रभावकारी व्यवसाय संचालन तथा व्यसायिक एकता अभिवृद्धि गर्न नेपाली व्यवसायी संघ युरोप गठन गरेका छन । एक बर्षदेखि नेपाली व्यवसायी संघ बेनेलेक्सको तदर्थ समिति गठन गरी काम गर्दै आएका नेपाली व्यवसायीहरुले विधान कार्यक्षेत्र र संघको उद्देश्य निर्धारण गरी युरोपको हेडक्वाटर बेल्जियममा उक्त संघ दर्ता गरेर आवश्यक प्रकृया अघि बढाएको तदर्थ समितिका सदस्यसचिव मदन दवाडीले जानकारी दिनु भयो । संघ बेल्जियमको सरकारी निकायमा गैर सरकारी संस्थाको रुपमा दर्ता गरीएको र दर्ता भएको विवरण त्यहाँको राजपत्रमा प्रकाशित हुने दवाडीले जानकारी दिनु…