जापानले नेपाली कर्मचारीलाई छात्रवृतिमा उच्च शिक्षा प्रदान गर्ने ।
आर्थिक परिवेश

काठमाण्डौ । जापान सरकारले नेपालललाई मानवीय संशाधन विकास परियोजना कार्यान्वयनका लागि ३५ करोड अनुदान सहयोग दिने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित सहयोग सम्बन्धी समझदारी पत्रमा अर्थ मन्त्रालयको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनि तथा जापान सरकारको तर्फबाट चाल्र्स डि अफेयर्स तामुरा ताकाहिरोले हस्ताक्षर गर्नु भयो । त्यसै गरी सोही समारोहमा समझदारी पत्रमा अर्थ मन्त्रालय वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सहसचिव इश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रतिनिधि तनका टोमोकोले पनि हस्ताक्षर गर्नु भयो । समझदारी अनुसार नेपाल सरकारका अधिकृतहरुलाई जापानमा उच्च शिक्षा आर्जनका लागि छात्रवृति प्रदान गन्छि । सहयोगअन्र्तगत पहिलो चरणमा नेपाल ८० जना सरकारी कर्मचारीहरुले स्नातकोत्तर अध्ययन सम्पन्न गरी…

पीपीपी परियोजनालाई लगानी सम्भाव्य बनाउन इच्छुक प्रधानमन्त्री देउवा
आर्थिक परिवेश

काठमाडौँ । World Association of Public Private Partnerships Units and Professionals (WAPPP) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । उक्त भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पीपीपी अन्तर्गत स्वच्छ र नवीकरणीय उर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्ग, सडक, औद्योगिक उत्पादन, कृषि प्रशोधन लगायत विविध क्षेत्रमा लगानीको सम्भाव्यता रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले पीपीपी परियोजनालाई लगानी सम्भाव्य बनाउन WAPPPको विज्ञताको लाभ लिन इच्छुक रहेको बताउनुभयो। उहाँले नेपाल लगानीका लागि उदयमान गन्तव्य भएकाले त्यसको सन्देश लिएर सद्‍भावना दूतका रूपमा नेपालको समृद्धितर्फको यात्रामा साझेदार बन्न प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो । भेटमा WAPPP का…

विदेश भ्रमणमा जाने नेपालीले मनिचेञ्जरमार्फत  २०० डलर साट्न पाउने
आर्थिक परिवेश

  नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले मनिचेञ्जरमार्फत  २०० डलर साट्न पाउने भएका छन्। केन्द्रिय बैंकले बुधबार एक सर्कुलर जारी गर्दै २०० डलरसम्मको मात्रै सटहि सुविधा उपलब्ध गराउने बताएको छ। केन्द्रिय बैंकले मनिचेञ्जरहरुलाई निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नागरिकले राहदानी वापत २०० अमेरिकी डलरसम्मको मात्रै सटही सुविधा प्रदान गर्न सक्ने जनाएको छ। विदेशी मुद्रा सञ्चिति घट्दै गएको अवस्थामा विदेशी मुद्रा जोगाउन केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेको हो। यस अघि बैंकहरुमार्फत १५०० सम्मको सुविधा पाइन्थ्यो।

गैरआवासीय नेपाली संघ र राष्ट्रिय प्रकृती संरक्षण कोषका प्रतिनिधिविच भेट
आर्थिक परिवेश

काठमाडौं । गैरआवासीय संघका अध्यक्ष डा बद्रि केसि र राष्ट्रिय प्रकृती संरक्षणकोषका सदस्य सचिव शरद चन्द्र अधिकारी लगायतका प्रतिनिधिहरु वीच खुमलटारमा रहेको कोषको कार्यलयमा भएको छ। कोषका सदस्य सचिवले स्वागत गर्दै कोषले स्थापनाकाल देखी गर्दै आएको गतिविधिहरुबारे जानकारी गराउनुभयो । साथै कोषले गरेका क्रियाकलापबारे प्रस्तुतीकरणा समेत गरिएको थियो । मुख्यतया प्रस्तुतीकरणमा कोषले झापा, चितवन, वर्दिया शुक्लाफाट लगायतका विभिन्न तराईका जिल्लाहरुमा समुदायमा आधारीत वन जन्तु संरक्षण, वातावरण संरक्षण लगायतका कार्यक्रमहरुको हाइलाईट गरिएको थियो । जको भेटघाटको मुख्य उद्देश्य संरक्षण कोषले विविध क्षेत्रमा संचालन गरिरहेका कार्यक्रममध्ये कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ बारेमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष डा केसिले…

‘एनआरएनलाई डलर खाता खोल्न दिने बारेमा छलफल जारी’
जनार्दन शर्मा

काठमाडौं । गैर आवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारेमा छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्था बारेको समीक्षात्मक कार्यक्रममा अर्थ मन्त्री शर्माले डलरको सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न त्यस सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो । एनआरएनएहरुलाई डलरमा खाता खोल्न दिने र उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे छफफल भइरहेको पनि अर्थ मन्त्रीले बताउनुभयो । अर्थमन्त्री शर्माले पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाएर मात्रै डिजिटल साक्षरता व्यपाक रुपमा विस्तार गरेर मात्र डिजिटल करेन्सीमा जान सकिने उल्लेख गर्नुभयो…