युराेप भ्रमणका लागि राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान
आर्थिक परिवेश

२९ जेठ काठमाडौँ ।   राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल सरकारका उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरुले बिदाई गर्नुभयो । राष्ट्रपति पौडेल यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति पौडेल…

१० महिनासम्म करिब १२ खर्ब विप्रेषण रकम भित्रियाे
आर्थिक परिवेश

२८ जेठ, काठमाडाै‌ ।    आर्थिक वर्षको १० महिनासम्ममा  करिब १२ खर्ब रुपैया बराबरकाे विप्रेषण रकम नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव चार प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने…

राष्ट्रपति पौडेलले युरोपेली देशहरु स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्नु हुने
आर्थिक परिवेश

२७ जेठ, काठमाडाैं ।   राष्ट्रपति रामचन्द्र पौडेल युरोपेली देशहरु स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्नु हुने भएकाे छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर राष्ट्रपतिको भ्रमणबारे जानकारी दिएको हो। राष्ट्रपति पौडेल मंगलबार स्वीट्जरल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ ।  जहाँ उँहाँले ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागिता जनाउनु हुनेछ। सम्मेलनमा उहाँले समाजिक न्याय सम्बन्धी एक बहस सत्रमा सम्बोधन पनि गर्ने कार्यक्रम रहेकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेकाे छ। त्यसपछि उहाँ बुधबार जर्मनी प्रस्थान गर्नु हुने भएकाे छ। राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपतिको निमन्त्रणमा त्यहाँ जान लाग्नु  भएकाे हाे ।  पौडेलले जर्मनीका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई पाँच अर्ब ५९ करोड  उपलब्ध गराउन बाँकी
आर्थिक परिवेश

२४ जेठ,  काठमाडौँ ।   अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रतिनिधि मण्डलले बिहिवार अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा टिडियान किन्डा नेतृत्वको  टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता गरेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी– इसिएफ) अन्तरगतको चौँथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । आइएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई इसिएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको…

एमसीसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट
आर्थिक परिवेश

२२ जेठ, काठमाडाैं ।     मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेट गर्नु  भएकाे छ । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयउका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गर्नु भयाे  । एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो । परियोजना कार्यान्वयनका क्रममा आउने जमिनको मुआब्जा, वन क्षेत्रको प्रयोगजस्ता समस्या एमसीए नेपालमार्फत…