शिक्षा मन्त्रीमा रघुजी पन्तलाई नियुक्त
आर्थिक परिवेश१० बैशाख काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि सो पद खाली रहेको थियो ।
नौ महिनामा नेपालले एक खर्ब ८८ अर्ब १९ करोड ५० लाखकाे निर्यात
आर्थिक परिवेश०९ बैशाख, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार बराबरको सामान निर्यात गरेको छ । यो अवधिमा भटमासको तेल मात्रै ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार बराबरको निर्यात भएको छ । अर्थात् नेपालले गर्ने कुल निर्यात रकमको एक तिहाई भटमास तेलको निर्यातबाट आइरहेको छ । त्यस्तै, अहिले नेपालले बढी निर्यात गरेका वस्तुको दोस्रो स्थानमा सूर्यमुखी तेल छ । नौ महिनामा नौ अर्ब २३ करोड २७ लाख ६० हजार बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । यसमा पनि अर्धप्रशोधित सूर्यमुखी तेल आयात गरेर…
मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै विद्युत्
आर्थिक परिवेश३० चैत्र, तनहुँ। जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “यस वर्षको हिउँदमा पानी परेन्, लामो खटेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।” हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो । केन्द्रमा २३/२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । यो केन्द्र…
डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता उठाउन प्राधिकरणलाई आयोगकाे निर्देशन
आर्थिक परिवेश२९ चैत्र काठमाडाैँ । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता उठाउने प्रक्रिया पुनः अघि बढाउन निर्देशन दिएको छ । आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशको मर्मलाई आत्मसाथ गरी आयोगले दिएको २०८१ कात्तिक १४ गते दिएको निर्देशनअनुसार नै प्राधिकरणले बक्यौता असुलीको प्रक्रिया अघि बढाउन भनेको हो । २०८१ कात्तिक १४ गतेको निर्देशनमा आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौताको हकमा सम्बन्धित उपभोक्ताबाट आवधिक रुपमा असुल तथा फरफारक गर्न निर्देशन दिएको थियो । त्यसका लागि आयोगले विद्युत् प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महसुल नबुझाएको कारणबाट लाइन काटेको भएता पनि सम्बन्धित ग्राहकले त्यस्तो आवधिक…
डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन
आर्थिक परिवेश२७ चैत्र, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योगहरूसँग रहेकाे ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन’को बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर बक्यौता उठाउन निर्देशन दिनुभएको हो । विसं २०७३ माघदेखि २०७५ वैशाखसम्म विभिन्न उद्योगलाई ट्रङ्कलाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् उपलब्ध गराएको र सोको महसुलसम्बन्धी विवाद रहँदै आएको छ ऊर्जा मन्त्री खड्काले विद्युत् महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी बक्यौता…