कालिगण्डकी गर्ज जलविद्युत आयोजनाको लगानी जुट्यो
आर्थिक परिवेश२४ फागुन, काठमाडौ । १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजनाको निर्माणको लागि वित्तीय व्यस्थापनको टुडंगो लागेको छ । आयोजना संघईग्रुप,विशालग्रुप र उर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको प्रवद्र्धनमा निजी क्षेत्रकै ठूलो आयोजनाको रुपमा लगानीको सहमती भएको हो । कालीगण्डकी गर्ज हाइड्रो पावरले मुस्ताङ तथा म्याग्दी जिल्लालाई समेटेर आयोजना निर्माण गर्दैछ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने भएका छन् । आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रहेको छ । परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५ प्रतिशत रकम…
प्राधिकरणकाे ६ महिनामा ११ अर्ब ३६ करोड नाफा
आर्थिक परिवेश१६ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ बराबर नाफा कमाएको छ । प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी चालु आव साउनदेखि पुस मसान्तसम्म प्राधिकरण अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ । गत आव २०८०/०८१ मा प्राधिकरणले…
प्रदेश कार्यसम्पादनमा मधेश कमजाेर सुदूरपश्चिम राम्राे
आर्थिक परिवेश०३ फागुन, काठमाडौं । प्रदेश र स्थानीय तहको गत अार्थिक बर्षकाे कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क सुदूरपश्चिम प्रदेशले पाएको छ । सुदूरपश्चिमको ५१ दशमलव छ अङ्क रहेको छ । कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेस प्रदेश देखिएको छ, मधेस प्रदेशले ३० अङ्कमात्र पाएको छ । आयोगले प्रदेशहरूलाई विभिन्न १९ वटा सूचकका आधारमा कार्यसम्पादनको अङ्क दिएको हो । जसमा लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु, प्रदेशले स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराए÷नगराएको अवस्था, सवारीसाधन करबापत रकम सम्बन्धित स्थानीय सरकारको सञ्चित कोषमा दाखिला गरे÷नगरेको लगायत…
नेपाल र भारतबीच उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सहमति
आर्थिक परिवेश२ फागुन, काठमाडौँ । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा सहमति भएकाे हाे । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता सन्दीपकुमार देवका अनुसार सन् २०३४–३५ सम्म निर्माण गर्नेगरी दुईवटा नयाँ र एक हाल सञ्चालनमा रहेको प्रसारण लाइनको क्षमता वृद्धिका लागि सहमति भएको हाे । नेपाल र भारतका ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निजगढ/हरनैया–मोतीहारी चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणमा सहमति…
गण्डकी र लुम्बिनी प्रदेश आर्थिक त्रिभुज परियोजना कार्यान्वयन अघि बढाउन सहमत
आर्थिक परिवेश३० माघ, पाल्पा । लुम्बिनी र गण्डकी प्रदेश सरकारले गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने प्रतिबद्धता जनाएका छन् । दुबै प्रदेशले रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश सरकारको आयोजनामा पाल्पाको ऐतिहासिक एवं पर्यटकीय गन्तव्य रानीमहलमा बुधवार सम्पन्न अन्तर प्रदेशस्तरीय बैठकले उक्त प्रतिबद्धता व्यक्त गरेको हो । लुम्बिनी र गण्डकी प्रदेशको समग्र विकासका सवाल, साझा सम्भावनाहरू संयुक्त रुपमा सम्बोधन गर्ने उद्देश्यले पहिलो पटक लुम्बिनी प्रदेश सरकारले बैठकको आयोजना गरेको थियो । बैठकले दुवै प्रदेशका विभिन्न विकास योजनालाई संयुक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता गरेको छ । यातायात सञ्जाल…